निर्मला हत्या प्रकरण: बर्खास्तीमा परेका एसपी विष्टलाई पुनर्बहाली गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं,पुस १६। मन्त्रिपरिषदले निर्मला हत्या प्रकरणमा बर्खास्तीमा परेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई सेवामा फर्काउने निर्णय गरेको छ ।

 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।निर्मला हत्याकाण्डको अनुसन्धानमा लापरबाही गरेको भन्दै एसपी विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई बर्खास्त गरिएको थियो ।

 

जिल्ला अदालत कञ्चनपुरले बर्खास्तमा परेका विष्टसहित निलम्बन गरिएका सबै प्रहरीहरूलाई गत साउन १५ गते सफाइ दिने फैसला गरेको थियो।

११ साउन २०७५ मा कञ्चनपुरमा बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । यसअघि सो प्रकरणमा निलम्बनमा परेका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का तत्कालीन डीएसपी अंगुर जिसी लगायत सेवामा फर्किइसकेका छन् ।