नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,पुस १६ । नेपालमा थप ५३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार नमुना परीक्षण गर्दा  ५३४ जनामा संक्रमण पुष्टि भएको हो ।

 

याे सँगै कुल संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ । उनीहरुमध्ये २ लाख ५२ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् भने १८५६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

हाल देशभर ६ हजार ३७८ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २८७२ जना होम आइसोलेसनमा छन् भने २३६ जनाको आईसीयू र ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित

प्रदेश १ को ओखलढुंगामा १, खोटाङमा १, झापामा ६, मोरङमा १३ र सुनसरीमा ३ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को रौतहट, सर्लाही र सिरहामा १÷१ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ८० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ५, चितवनमा १७, दोलखामा १, धादिङमा १, नुवाकोटमा २, भक्तपुरमा २४, मकवानपुरमा १६, रसुवामा ४, रामेछापमा २, ललितपुरमा ४३ र सिन्धुलीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३३, गोरखामा ९, तनहुँमा १, नवलपरासीमा पूर्वमा १७, लमजुङमा ४ र स्याङजामा ३ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा २, गुल्मीमा ४, दाङमा २१, नवलपरासीमा ६, पाल्पामा ५, प्युठानमा २, बर्दियामा १, बाँकेमा ११ र रुपन्देहीमा १५ जनामा कोरोना पाइएको छ।

 

गत २४ घण्टामा कर्णाली प्रदेशको जुम्लामा १, अछाममा ७, कञ्चनपुरमा ७ र कैलालीमा ४२ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै, सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा ३, डोटीमा ४, बझाङमा ५ र बैतडीमा ५ जनामा कोरोना भेटिएको छ।