नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,पुस २४ । नेपालमा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार २६९ नमुना परीक्षण गर्दा १८८ महिला र ३६६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

 

यससँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ । उनीहरुमध्ये २ लाख ५७ हजार २२९ जना संक्रमणमुक्त भएका छन् भने १९०९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

हाल देशभर ५ हजार २१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १५६१ जनाको होम आइसोलेसनमा छन् भने १८२ जनाको आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित

प्रदेश १ को इलाममा ५, उदयपुरमा ११, खोटाङमा २, झापामा १०, तेह्रथुममा १, धनकुटामा १, पाँचथरमा ३, भोजपुरमा १, मोरङमा ५३, संखुवासभामा २ र सुनसरीमा ३५ जनामा कोरोना पुष्टि भएको छ।

 

प्रदेश २ को पर्सामा ३, बारामा ४, सप्तरीमा ३ र सर्लाहीमा २ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ७१ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १, चितवनमा १५, दोलखामा १, धादिङमा ३, भक्तपुरमा १३, मकवानपुरमा ३, ललितपुरमा २३ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३०, तनहुँमा १३, लमजुङमा ६, बागलुङमा ९ र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, दाङमा १०, नवलपरासीमा ३, पाल्पामा ३, प्युठानमा ४, बर्दियामा ७, बाँकेमा ९, रोल्पामा १ र रुपन्देहीमा २८ जनामा कोरोना पाइएको छ।

 

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको जाजरकोटमा १, जुम्लामा १, डोल्पामा ७ र सुर्खेतमा १ जनामा कोरोना भेटिएको छ।
सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १९, कैलालीमा १५, बझाङमा ११ र बाजुरामा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।