क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)ले दलित कोटाको छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीलाई परीक्षाबाट वञ्चित गर्ने नेशनल मेडिकल कलेज प्रति घोर भत्सर्ना गर्दै (प्रेस वक्तव्यसहित)

काठमाडौं,पुस २८ । नेकपा क्रान्तिकारी मओवादी निकट अखिल (क्रान्तिकारी)ले दलित कोटाको छात्रवृत्तिमा अध्ययनरत रामजी राम र पंकज रामलाई वीरगञ्ज स्थित नेसनल मेडिकल कलेजले परीक्षा हलबाट निकालेको प्रति घोर निन्दा एवं भत्सर्ना गर्दै अध्यक्ष हरिकृष्ण गजुरेलले प्रेस वक्तव्य जारी गरेका छन्। पूर्ण पाठसहित तलदिइएको छ।

प्रेस वक्तव्य

हाम्रो महान् तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) शिक्षा र स्वास्थ्यमा भइरहेका सबै प्रकारका विकृति र विसंगतिका विरुद्ध निरन्तर संघर्षरत रहेको कुरा आम जनसमुदायलाई अवगत नै छ ।

 

यही पुस २७ गतेदेखि सुरु भएको एम.बी.बी.एस. चौथो वर्षको परीक्षामा सहभागी दुई दलित विद्यार्थी रामजी राम र पंकज रामलाई वीरगञ्ज स्थित नेसनल मेडिकल कलेजले परीक्षा हलबाट निकालेको प्रति हाम्रो संगठन उक्त कार्यको घोर निन्दा एवं भत्सर्ना गर्दछ ।

 

दलित कोटाको छात्रवृत्तिमा अध्ययनरत उहाँहरुबाट जबर्जस्त रुपमा कलेज प्रशासनले मनपरी शुल्कको लागि ताकेता गर्नु र चिकित्सा शिक्षा आयोग समेत यसमा गैह्रजिम्मेवार बन्नुले हामीलाई थप गम्भीर बनाएको छ ।

 

अविलम्ब उहाँहरुलाई परीक्षामा सामेल गराउन नेपाल सरकार, सम्बन्धित निकाय र कलेज प्रशासनसमक्ष हार्दिक अनुराध गर्दछौं । अन्यथा, सशक्त संघर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत दिन चाहन्छौं ।

क्रान्तिकारी अभिवादन सहित !

हरिकृष्ण गजुरेल
अध्यक्ष

 प्रेस वक्तव्य