पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो (प्रेस-विज्ञप्तिसहित)

काठमाडौं,माघ ५। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। सोमबार राती १२ बजेबाट लागू हुनेगरी निगाले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो।

 

निगमकाअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा २/२ रुपैयाँले मूल्य वृद्धि गरिएको छ। नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य ११० रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको ९३ रुपैयाँ पुगेको छ।

 

हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासमा भने साविककै मूल्य कायम गरिएको निगमले जनाएको छ।