भारतमा रोजगारीको सिलसिलामा रहेका गोर्खा एसोसियसनका अध्यक्ष शाहीद्धारा ५० हजार सहयोग हस्तान्तरण

काठमाडौं,माघ २२। भारतको तमिलनाडु राज्यमा रोजगारीको सिलसिलामा गएका नेपालीहरुले स्थापना गरेको गोर्खा एसोसियसनले नेपालका विभिन्न परियोजनाका लागि ५० हजार सहयोग गरेको छ।

 

बिहिबार चर्चित कार्यक्रम इन्देणीका कार्यक्रम सञ्चालक कृष्ण प्रसाद कँडेललाई परियोजनालाई सहयोगका लागि रकम हस्तानतरण गरीएको सरोज बहादुर शाहीले बताउनुभयो।

शाहीका अनुसार अन्तराष्टिय क्रिकेट रगंशाला भरतपुरलाई २० हजार, राष्टिय आविश्कार केन्द्रका डा.महाविर पुनलाई १० हजार,गरिव, दुखी असायलाई १० हजार र कार्यक्रम इन्देणी टिमलाई १० हजार गरी नगत ५० हजार हस्तान्तरण गरीएको शाहीले बताउनु भयो। 

 

नेपालबाट भारतको तमिलनाडु राज्यमा रोजगारी गरी नेपालको विकास निर्माणका साथै सामाजिक कार्यमा याेगदान पुर्याउने हिसावले उक्त रकम हस्तान्तरण गरीएको गोर्खा एसोसियसन नागरकोईल तामिललडुका अध्यक्ष कमल बहादुर शाहीले बताउनु भयो। आगामी आउने दिनमा यसरी नै सहयोग गर्दै जाने पनि उँहाले बताउनु भयाे।