बैतडीमा गोली प्रहार गरी बुवाले गरे आफ्नै छोरीको हत्या

फाेटाे फेस्बुकबाट साभार,

काठमाडौं,माघ २४ ।बैतडीको पुर्चौडि नगरपालिका बिजयपुर वार्ड नं १० माईती घर आएकी छोरीको आफ्नै बुवाले गोलि हानि हत्या गरेका छन।

 पुर्चौडी नगरपालीका महरा गाँउका धन सिह महराले आफ्नै बिवाहीत २० बर्षिय छोरी बेलमती धामीलाई गोली हानी हत्या गरेका हुन ।

उनको घटनास्थलमै मृत्यु भएको पुर्चौडी स्थित पुरघाट प्रहरी चौकीले जनाएको छ । उनको घाटीमा गोली लागेको प्रहरीले जनाएको छ । छोरीलाई गोली हानेर महरा जंगलतिर भागेको स्थानीयले बताएका छन्।