सलाम छ दस वर्षेे जनयुद्धलाई  

सलाम छ दस वर्षेे जनयुद्धलाई । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) पहलमा २०५२ फाल्गुन १ गतेदेखि सञ्चालन गरिएको दस वर्षेे जनयुद्ध नेपाली समाजको समग्र युध्द थियोे ।  यही फाल्गुन १ गतेबाट नेपाली जनयुद्धले २६ वर्ष पुरा गरेर २७ वर्षमा प्रवेश गर्दैछ । 
 
 
 
 
दस वर्षेे जनयुद्ध  राजनीतिक , आर्थिक , सामाजिक , साँस्कृतिक गरि नेपाली समाजलाई आमूल परिवर्तन गर्ने समग्र युध्द थियो । यद्यपि त्यस दस वर्षेे जनयुद्धको नेतृत्व गरेर आएका प्रचण्ड र बावुराममा वैचारिक विचलन पैदा भए पश्चात् राजनीतिक सन्तुलन हुदै प्रत्याक्रमणको अवस्थामा पुगिसकेको त्यस जनयुद्धले सेडब्याक खान पुगेको भए पनि त्यो महान् जनयुद्ध थियो जसको जगमा टेकेर २०६२/२०६३ को जनआन्दोलन मार्फत् २४० वर्षेे शाहबंसीय सामन्ती राजतन्त्रात्मक राज्य व्यवस्थाको अन्त्य गरेर लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न पुग्यो ।

       
 
सामन्ती राजतन्त्रात्मक व्यवस्था भन्दा लोकतान्त्रिक व्यवस्था एक कदम प्रगतिशील व्यवस्था हो । जनयुद्धको लक्ष्य त राजतन्त्र सहितको बहुदलीय व्यवस्थालाई ध्वंस गरि नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्नु थियोे । त्यसो भए र राजतन्त्रको अन्त्य गरेर लोकतान्त्रिक गणतन्त्रको स्थापना हुनु एक प्रकारको सुधार मात्रै भए पनि आंशिक परिवर्तन चाहि भएको मान्नु पर्छ । 
       
 
त्यस दस वर्षेे जनयुद्धले नेपाली समाजमा ठूलो परिवर्तन ल्याएको थियोे । नेपाली जनतामा ठूलो चेतनाको लहर सृजना गरेको थियोे । युगौदेखि पछाडि पारदिआएका महिला , दलित , मुस्लिम , जनजाति एवम् कर्णाली लगायत पिछडिएका क्षेत्रका जनताका बीचमा ठूलो चेतनाको जुन विकास भयो , त्यो ल्याउने काम त्यही महान जनयुद्धको परिणाम थियोे र अत्यन्तै ठूलो उपलब्धि थियो ।
 
 
त्यसो भएर हामी महान् नेपाली नयाँ जनवादी क्रान्ति हुदै वैज्ञानिक समाजवादमा पुगेर व‌ैज्ञानिक साम्यवादमा पुग्ने सुन्दर तथा महान् लक्ष्य बोकेर सम्पूर्ण जीवनलाई देश , जनता र क्रान्तिका लागि समर्पित गर्दै आएकाहरुलाई त्यस महान् दस वर्षे जनयुद्धलाई सलाम गर्नुपर्ने हुन्छ । 
     
 
त्यस महान् दस वर्वे जनयुद्ध तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको समग्र पंक्ति , हजारौंको संख्यामा जनमुक्ति सेना र लाखौं नेपाली जनताको लगानी रहेको छ । हजारौं शहिदहरु , घाइते अपांग र बेपत्ता पारिएकाहरुको लगानी मात्र होइन , रगत र पसिना बगेको छ । त्यत्तिकै यति छिटो अबधिमा यति ठूलो परिवर्तन आएको होइन । त्यसले महान् दस वर्षे जनयुद्धलाई लाल सलाम चढाउनु पर्दछ । 
   
 
दश वर्षको त्यस अबधिमा र त्यस जनयुद्धको प्रक्रियामा नेपाली समाजको ग्रामीण इलनकाहरुमा क्रान्तिका आधार इलाकाहरु निर्माण हुन पुगेका थिए । नयाँ जनसत्ताहरु निर्माण भएर सञ्चालनमा आएका थिए । जन अदालतहरु निर्माण भएर कार्यान्वयनमा आएका थिए । देशका विभिन्न भूभागहरुमा जनकम्युनहरु निर्माण भएर सञ्चालनमा आएका थिए ।
 
 
सामुहिक खेती प्रणाली शुरु भएको थियो । र , जिल्लाहरु हुदै केन्द्रीय स्तरमा समेत जनसरकार बनेर प्रतिक्रियावादी सत्ताको विकल्पमा खडा गरिएको थियोे ।
     
 
जनयुद्ध कै प्रक्रियामा छापामार दस्ता , जनमिलिसिया हुदै ७/७ वटा डिभिजन सहित  जनमुक्ति सेना निर्माण भएको थियो । उक्त जनमुक्ति सेनाले दाङ जिल्लाको घोराहीमा रहेको तत्कालीन शाही नेपाली सेनाको क्याम्पलाई २०५८ साल मंसिर ८ गते राति ध्वस्त पारेर तत्कालीन प्रतिक्रियावादी सत्तालाई फौजी रुपमा ध्वस्त पार्न शुरु गरेको थियो र त्यस पछि दाङ जिल्लाको भालुवाङ र सतबर्रियमा रहेको सशस्त्र प्रहरी बलको क्याम्पलाई ध्वस्त पारेर गाउँ गाउँमा स्थानीय सत्ता निर्माण गर्ने आधार खडा गरेको थियो । किनभने त्यो भन्दा पहिले जनपद प्रहरीलाई गाउँ गाउँबाट विस्थापित गरिसकेको थियो । 
   
 
त्यसैक्रामा जनमुक्ति सेनाले अछाम जिल्लाको सदरमुकाम साँफे बगर , डोल्पा जिल्लाको सदरमुकाम  दुनै , जुम्ला जिल्लाको सदरमुकाम जुम्ला खलंगा  , अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क , म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार , पाल्पा जिल्लाको सदरमुकाम तानसेनमामा फौजी आक्रमण गरि कब्जा गर्न सफल भएको थियोे ।
 
 
त्यस्तै शाही नेपाली सेनाका कालिकोट जिल्लाको पिले सैनिक क्याम्प , सोलुखुम्बु जिल्लाको सल्ले सैनिक क्याम्प ध्वस्त पार्न सफल भएको थियो । रुकुम जिल्लाको खारामा रहेको तत्कालीन शाही नेपाली सेनाको क्याम्पमा भीषण आक्रमण गरेको थियोे र त्यहाँ जनमुक्ति सेनाको ठूलो क्षति भएको भए पनि जनमुक्ति सेनाको पराक्रम , साहस , बलिदान अतुलनीय रहेको छ ।
     
 
यसरी त्यस दश वर्षेे जनयुद्धको क्रममा नेपालको सिंगो भूभनगको ८० प्रतिशत भूभाग तत्कालीन माओवादीको पकडमा आउनु र नेपाली जनताको सिंगो जनसंख्याको ८० प्रतिशत जनता माओवादीकको प्रभावमा आइसकेको जुन धरातलीय संश्लेषण गरिएको थियो , त्यो महान् नेपाली क्रान्तिको अभियानमा चानचुने उपलब्धि थिएन ।
 
 
त्यसैले हामीले आज पनि महान् नेपाली जनयुद्धलाई सलामी चढाउनु पर्दछ । किनभने हामी आज पनि जनयुद्धको जगमा टेकेर सशस्त्रका जनविद्रोह मार्फत् महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने प्रतिबधाताका साथ प्रचण्ड – बावुराम जस्ता क्रान्तिका लाल गध्दारहरुले बाटोमा फ्याकेर गएको महान् नेपाली नयाँ जनवादी क्रान्तिको झण्डा बोकेर सगरमाथाको चुचुरोमा फहराउने अठोटका सात अगाडि बढिरहेका छौ ।
   
 
हाम्रो क्रान्तिको यात्रा अधुरै छ । ती महान् तथा अमर सहिदहरुका नेपाली क्रान्तिका सुन्दर सपनाहरु अधुरै छन् । सपना पुरा भएका छन् ती जनयुद्धका लाल गध्दारहरुका । आम नेपाली जनता महान् नेपाली क्रान्तिका सुन्दर सपनाहरु अधुरै छन् । 
     
 
आजसम्म पनि सहिदहरुका परिवारजनहरुको अवस्था अत्यन्तै दयनीय छ । घाइते तथा अपांग र राज्यद्वारा बेपत्ता पारिएका परिवारजनका समस्याहरु अत्यन्तै दयनीय र विक्राल बन्दै गएका छन्  । बस्न छैन । खाने गास छैन । आङ छोप्नु कपडा छैन । छोराछोरीलाई पढाउने , फिस तिर्नलाई साथमा पैसो छैन । बृध बाआमालाई खुलाउने खुराक घरमा छ‌ैन । जनयुद्धमा लागेर ज्यान बचाएर आएका जनमुक्ति सेनाका जवानहरु आज देशभित्र कुनै रोजगारी नपाएर भारत प्रवास , खाडी देशहरू , मलेसिया लगायत विश्वका विभिन्न मुलुकहरुमा भौतारिन बाध्य भइरहेका छन्  । सबैको अवस्था विजोग छ। राज्य कुनै राहत सौलियत दिएको छैन । विरलै रुपमा दिदै आएको राहत सहुलियत पनि फिर्ता गरिसकेको छ । 
   
 
एकातिर सहिद तथा बिपत्ता , घाइते अपांगका परविार जनहरुमा यश प्रकारको विजोग अवस्था छ भने अर्को तिर जनयुद्ध कै नेतृत्व गरेर आएका , जनयुद्धमा सामेल हुदै आएका हजारौं नेता कार्यकर्ताहरुमा वैचारिक विचलन  आए   पछि एमाले , काँग्रेस लगायतका बुर्जुवा पार्टीहरुमा विलय हुने , पार्टी भित्र उब्जिएको वर्ग उत्थान भूपू माओवादी नेताहरू पुस्तौ पुस्तासम्म पुग्ने सम्पत्ति जम्मा गर्ने , जनताको राष्ट्रिय ढुकुटी स्वाहा पार्ने खेलमा लागे भने हिजो जनयुद्धलाई सहयोग गरेका नेपाली जनता , सशिद , घाइते अपांग , विपत्ता परिवारमा रत्तिभर घाम लाग्न पाएको छैन । यिनीहरूको जीवनमाथि झनै कालो बादल मडारिरहेको छ । 
   
 
जनता अझै पनि कहिले आउलान खुसिका दिन भनेर पर्खेर बसिरहेका छन् भने हिजो तिनै जनता कै मुक्ति दिन दिलाउने छौ भनेर विश्वास दिलाउदै आएका प्रचण्ड लगायतका नेताहरू सत्ता लुछाचुडी कै लागि हिजै प्रतिक्रियावादमा परिणत भइसकेको ,जनयुद्ध कै काँग्रेसको काँधमा बन्दुक राखेर कहिले शाही नेपाली सेना परिचालन गरेर माओवादीहरुलाई सिध्याउने त कहिले माओवादीका नेताहरुको टाउको काटेर ल्याउने लाई पुरस्कार दिने लोभ देखाए माओवादी नेताहरुको टाउकाको मूल्य तोक्ने बेला कानुनी सहयोग गरेर हजारौं माओवादीहरुको हत्या गराएका एमालेका नेताहरुको काँधमा चढेर संसदको पुनःस्थापना वा चुनावको र्याल काढेर जनता जम्मा गरेर जनतालाई उल्लु बनाइरहेका छन । विचार विनाका , स्कुलिङविनाका हजारौं नेताका लम्पट कार्यकर्ताहरु यता हुरुरु , उता  हुरुरु गरिरहेका छन् ।
 
 
अर्को विकल्प रोज्न नसक्नुको मुख्य कारण पार्टीद्वारा स्कुलिङ र प्रशिक्षण नपाउनु नै हो । चीनमा कमरेड माओले पार्टी स्कुल खडा गरेर देशव्यापी रुपमा नेता , कार्यकर्ताहरुलाई माक्र्सवादका आधारभूत सिध्दान्तहरुमा योजनाबध्द ढंगले स्कुलिङ गर्ने र व्यवहारमा लागू गर्न सिकाइएका कारण तीन / तीन वटा महासचिवहरुलाई पार्टीले चिनीया क्रान्तिका गध्दार गर्दै फ्याक्दासम्म पनि चिनियाँ कम्युनिस्ट पार्टीका एकजना पनि पार्टी सदस्य ती गध्दारसित गएनन् । तर नेपालमा त जनयुद्धबाट आएका हजारौं नेता , कार्यकर्ताहरु नेताहरु दलालका पनि दलाल र लाल गध्दार बन्दासम्म पनि उनीहरू कै भेडा – बाख्रा झै यता पनि हुरर्र उता पनि हुरर्र गरिरहेका छन् । यसको मुख्य कारण स्कुलिङको अभावमा हो भन्ने प्रमाण हो ।
     
 
विना विचारका , विना स्कुलिङका नेता , कार्यकर्ता हुन्छन् भन्ने जान्नका लागि कहीँ कतै खोज्नु पर्दैन , भूपू माओवादीका नेता , कार्यकर्ताहरुलाई हेरे पुग्छ ।
   
 
माओवादी आन्दोलन विसर्जन हुनुको एउटा कारण पार्टी भित्र नेता , कार्यकर्तनहरुलाई स्कुलिङ नगर्नु नगराउनु प्रमाणित भएको छ । कार्यकर्ताहरु टाँठा बाँठा भएणणण भने अवसरवादी नेता तथा नेतृत्वको आलोचना गर्छन् , विरोध गर्छन् भन्ने ठानेर स्कुलिङ नगरेको पाइन्छ ।
 
 
यो ज्यादै ठूलो षड्यन्त्र हो । क्रान्तिका लागि गंभीर नोक्सानी हो । यसबाट बाँकी आफूलाई क्रान्तिकारी भन्ने कम्युनिस्ट पार्टीहरुले शिक्षा ग्रहण गर्न जरुरी हुन्छ । तर यश जनयुद्धको नकारात्मक शिक्षा भन्दा सकारात्मक शिक्षा नै बढी छ ।
   
 
महान् दस वर्षेे जनयुद्धका चर्चा गरिरहेको बेला यसको समिक्षा गर्न जरुरी छ । यसको समिक्षा निश्पक्ष हुन जरुरी छ । समिक्षा गर्दा कसैलाई पनि अन्याय नहोस् भन्ने कुरालाई ख्याल गर्नुपर्ने हुन्छ ।
         
 
एक नम्बरमा पार्टी भित्र स्कुलिङ सञ्चालन नगरिनु रहेको छ , यश विषयमा माथि पनि धेरै ठाउँमा चर्चा गरिएको छ । 
       
दोस्रो नम्बरमा पार्टी नेतृत्व केन्दिकृत गर्ने नाममा विचार विकासको नाममा प्रचण्डपथको पगरी प्रचण्डलाई घुताई दिएर  श्रध्दावादलाई प्रमुख रुपमा उठाउनु रहेको छ । पार्टीले जुन प्रचण्डमा श्रध्दावाद प्रयोग गरियो , यसले पार्टी र सिंगो नेपाली नयाँ जनवादी क्रान्तिलाई गंभीर प्रकारको नोक्सानी हुन पुग्यो । 
     
 
श्रध्दावादले व्यक्तिका नकारात्मक पक्षलाई ढाकछोप गरेर व्यक्तिको नकारात्मक पक्षलाई सकारात्मक पक्षमा देखाउने गर्दछ ।  नेतृत्वलाई केन्द्रिकरण गर्ने नाममा    प्रचण्डमाथि आवश्यकता भन्दा बढी श्रध्दावाद लागू गर्नुले प्रचण्डका नकारात्मक पक्षलाई छोपेर र सकारात्मक पक्षलाई मात्र देखाउने काम गर्यो । यसले प्रचण्डले जे गर्दा पनि सही नै गर्दछन् भन्ने देखाउन प्रयोगमा आयो । 
     
 
यसले गर्दा प्रचण्डले पार्टीको ठूलो शक्तिलाई एमाले भित्र हुल्दासम्म पनि   जनयुद्धबाट आएका हजारौं नेता कार्यकर्ताहरुमा प्रचण्डले ठिकै गरेका छन् भनेर बुझ्न पुगे र अहिलेसम्म पनि प्रचण्ड कै पछाडि लागेर भेडा – बाख्रा झै पछि पछि हाम फाल्ने गरेका छन् ।
 
 
तसर्थ २०५७ सालमा सम्पन्न गरिएको दोस्रो सम्मेलनबाट प्रचण्डलाई प्रचण्डपथको पगरी घुताई दिनु माओवादी पार्टीको ठूलो गलती थियोे , जसलाई पछि पार्टीले सच्चयाउनै नसक्ने अवस्थामा पुर्यायो ।
 
 
पार्टी भित्र रहेका नेता , कार्यकर्ताहरुले प्रचण्ड भित्र लुकेको अवसरवादलाई समयमै चिन्न सक्नु र चिनिसकेपछि पनि समयमै प्रचण्डलाई नियन्त्रण गर्न नसक्नुले पनि प्रचण्डलाई मनमत्त भैराख्न मद्दत पुर्यायो ।
   
 
अर्को कम्जोरी माओवादी पार्टीभित्र के रहेको देखियो भने आफ्ना नेता , कार्यकर्ताहरुलाई देश , जनता र क्रान्तिप्रति समर्पित तुल्याउनु भन्दा पनि टाँठो बाँठो भए पछि पैसा कसरी कमाउने भन्ने मानसिकता भएको बनाउने स्कुलिङ गरेको देखियो ।
 
 
जसले गर्दा अहिलेसम्म पनि प्रचण्डका पछि लाग्ने हो भने पैसा कमाउन पाइन्छ । धेरै सुखसुविधा प्राप्त गर्न सकिन्छ भन्ने मानसिकताको विकास गरिदिएकोले एमाले भित्र ती कार्यकर्ताहरु सजिलै विलय हुन पुगे । यो नेपालको कम्युनिस्ट आन्दोलनमा ज्यादै नकारात्मक शिक्षाको रुपमा रहेको छ ।
   
 
 यति भएर पनि महान् दस वर्षे जनयुद्धको अत्यन्तै ठूलो विरासत छ । यसलाई सबैले सम्मान गर्न र संरक्षण गर्न जरुरी छ । 
 
मिति : १ फाल्गुन २०७७
 बुढानिलकण्ठ नपा २ , काठमाडौं 
 
( लेखक : अन्तर्राष्ट्रिय लेखक तथा / पत्रकार केन्द्रका  अध्यक्ष हुन् ) ।