कस्तो रहला आज यी प्रदेशको मौसम पूर्वानुमान

काठमाडौँ,माघ २९। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

 

हाल देशभर मौसम सामान्यतया सफा रहेको छ र तराई तथा पहाडका केहि भूभागहरुमा हुस्सु र कुहिरो लागेको छ ।

 

 आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रहि बाँकी भू९भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

 

त्यस्तै राती बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

 

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र तराईका केही भूभागमा बिहानपख हुस्सु र कुहिरो लाग्न सक्ने हुँदा चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।