नेपालमा थप १२२ जनामा कोरोना संक्रमण,थप १ जनाको मृत्यु

काठमाडौं,फागुन ३।  नेपालमा थप १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ८ सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ५ सय ८१ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ४१ जनाको पिसिआर परीक्षण गर्दा १ सय २२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख २० हजार ५ सय ९१ पुगेको छ।

 

पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ५५ पुगेको छ। हाल ७९ जना क्वारेन्टाइनमा छन्।

 

पछिल्लो २४ घण्टामा १ सय ४४ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार २ सय ४ पुगेको मन्त्रालयले जनाएको छ।