नेपालमा ८० जना कोरोना संक्रमण पुष्टि,थप १२१ डिस्चार्ज

काठमाडौं,फागुन ९। नेपालमा ८० जना कोरोना संक्रमण पुष्टि भउको छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ४३१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ४९४ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा ३ हजार २२५ जनाको पिसिआर परीक्षण गर्दा ८०जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ३९ हजार ९६३ पुगेको छ।

 

पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। शनिबार दिउसोसम्म कोरोना संक्रमित मृतकको संख्या २ हजार ६१ जना पुगेको छ। हाल ६८ जना क्वारेन्टाइनमा छन्।

 

पछिल्लो २४ घण्टामा १२१ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ८७६ पुगेको मन्त्रालयले जनाएको छ।