प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता,जग्गाको विषयमा कुरा भएको सेनाको दाबी

काठमाडौं,फागुन १०। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ। संसद् विघटन सम्बन्धी मुद्दामा बहस सकिएर फसैला आउने बेला सोमबार सर्वोच्च अदालतमा जबरा र थापाबीच भेटवार्ता भएको हो।

 

सर्वोच्च अदालत स्रोतले दिएको जानकारीअनुसार जबरा र थापाबीच सर्वोच्च अदालत पछाडि सेनाको क्याभलरी रहेको जग्गा सर्वोच्चका नाममा नामसारी गर्ने विषयमा छलफल भएको हो।

 

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले पनि प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेट भएको पुष्टि गरेका छन् उनले भने ‘सर्वोच्च अदालतको पछाडि नेपाली सेनाका नाममा ३७ रोपनी जग्गा थियो।

 

जसमध्ये ९ रोपनी जग्गा सर्वोच्चले आफ्नो नाममा नामसारी गर्ने प्रक्रिया अघि बढाएको छ,उनले भने,‘सोही जग्गा हस्तान्तरणका विषयमा कुराकानी भएको हो।

 

तर, संसद् विघटनको मुद्दामा बहस सकिएर फैसला आउने बेलामा भएको प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

त्यहाँ भवन निर्माण हुँदैछ। टेण्डर समेत भएर भवन निर्माणको काम शुरु हुने अन्तिम चरणमा रहँदा त्यहाँ रहेका बाँकी संरचना हटाएर भवन बनाउन सहज वातावरण बनाइदिन प्रधानन्यायाधीशले प्रधानसेनापतिलाई आग्रह गर्नुभएको सर्वोच्च अदालतले जनाएकाे छ। 

 

फागुन ६ गते अदालतको अवहेलना मुद्दामा लिखित जवाफ अदालत परिसर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि  जग्गाको निरीक्षण गर्नु भएको थियो।