विप्लव नेकपाका नेता वास्तोला सर्वोच्चको आदेशमा रिहा भए लगत्तै पक्राउ
प्रकासित मिति : १० फाल्गुन २०७७, सोमबार
प्रकासित समय : १९:०९
काठमाडौं,फागुन १०। नेत्रविक्रम चन्द विप्लव नेकपाका नेता धर्मेन्द्र वास्तोला अदालतको आदेशमा रिहा भए लगत्तै पक्राउ परेका छन्। उनलाई प्रहरीले सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेको हो।
सोमबार बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश गरेको थियो।
सर्वोच्चले वास्तोलालाई विना आधार र कारण थुनामा राखेककोमा यसअघि पनि बन्दी प्रत्यक्षीकरण रिट जारी भएको र अहिलेसम्म थुनामा राखेको भन्दै असन्तुष्टि जनाएको छ। यही विषयमा उनलाई थुनामा राखे अवहेलनामा कारवाही चलाउने चेतावनी पनि दिइएको छ।