आज यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली केही स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं,फागुन १७। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाकाले आजको मौसम बुलेटिन जारी गरेको छ। हाल उल्लेखनीय मौसमी प्रणाली छैन ।

 

 

हाल मौसमको अवस्था देशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रहेको छ ।

 

आज दिउँसो प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

 

त्यस्तै आज राती प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

 

 देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ ।