सरकार र विप्लव नेकपाबीच पहिलो चरणको वार्ता सम्पन्न

काठमाडौँ,फागुन १९। सरकार र विप्लव नेतृत्वको प्रतिबन्धीत नेकपाबीच पहिलो चरणको वार्ता सकिएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको साढे ३ घण्टा भएको वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले जानकारी दिएका छन् ।

 

वार्ता सकिएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले लेखेका छन्, ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु ।

 

सरकारी वार्ता टोलीको संयोजन गृहमन्त्री रामबहादुर थापा बादलले गरेका भने विप्लव समूहको नेतृत्व खड्ग विश्वकर्माले गरेका छन् ।