सरकारमा सहभागी हुने कांग्रेसको संकेत,मरिहत्ते गर्दिनँ, जिम्मेवारी आए भाग्दिनँ:सभापति देउवा

काठमाडौं,फागुन १९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी सरकारमा सहभागी हुने संकेत गरेको छ।चितवनमा आज पूर्व नेता एकनाथ रानाभाटको श्रद्धान्जलीसभामा पुगेका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताउनुभयो ।

 

आफू मरिहत्ते गरेर कुर्सीको लडाइँमा नलाग्ने तर काँधमा जिम्मेवारी आए नभाग्ने बताउनुभयो । त्यसअघि बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने सरकारमा नगइ प्रतिपक्षको भूमिका सही ढंगले निर्वाह गर्नुपर्ने बताउनुभयो ।

 

जवाफमा सभापति देउवाले पौडेलको चित्त साह्रै सानो रहेको भन्दै मञ्चबाटै आलोचना गर्नुभयो ।

 

नेकपा औपचारिक रुपमा विभाजित नभएसम्म नयाँ सरकारका लागि प्रक्रिया अघि नबढाउने बताएको कांग्रेसमा पछिल्लो पटक नेताहरुले फरकफरक धारणा राखिरहेका छन् । सभापति देउवा पनि अब सरकारको दौडमा लागेको संकेत देखिएको छ ।