धनगढीको फर्निचर उद्योगमा आगलागी,पाँच करोँड भन्दा बढीको क्षति

काठमाडौं,फागुन २२ । कैलालीको धनगढीमा एक फर्निचर उद्योगमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका-४ मा रहेको आलोक मल्टी कन्सर्न प्राइभेट लिमिटेडमा आगलागी भएको प्रहरीले जनाएको छ।

 

आलोक मल्टी कन्सर्न प्रालिमा दिउँसो १२ बजेर १५ मिनेटमा भएको आगलागीबारे खबर गरे पनि लगभग १ घण्टापछि मात्रै दमकल पुगेको थियाे।  

 

आगलागी भएको स्थानमा आएका गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाका दमकल मध्ये धनगढीको दमकलमा पानी समेत नभएको जनाइएकाे छ। 

 

 त्यस्तै उक्त फर्निचर उद्योगमा लगभग ५ करोडकाे सामान रहेको आलोक मल्टी कन्सर्न प्रालिले जनाएको छ।आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।