आज यी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य वदली,उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का बर्षाको सम्भावना

काठमाडौं,फागुन २२। हाल देशभरको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ।हाल देशका केही पहाडी भू–भागहरूको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।

 

त्यस्तै देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ।आज काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २३ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

आज दिउँसो प्रदेश १ र बागमती प्रदेशका पहाडी भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ ।

 

बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरूको मौसममा आंशिक बदली रहने सम्भावना छ ।त्यस्तै देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने छ।

 

 

प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुको एक, दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

 

त्यसैगरी आज राती सुदूरपश्चिम प्रदेश र प्रदेश १ का पहाडी भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ ।

 

बाँकी प्रदेशका पहाडी भू–भागहरूको मौसम आंशिक बदली रहने सम्भावना छ ।देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने सम्भावना छ।

 

प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागहरुका एक, दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।