क्रान्तिकारी माओवादी निकट अनेमसंघ (क्रान्तिकारी)सहित सात संयुक्त महिला संघर्ष समितिद्वारा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यरूपमा सम्पन्न

काठमाडौं,फागुन २४ ।क्रान्तिकारी माओवादीसहितका संयुक्त महिला संघ संघर्ष समितिद्वारा आयोजित १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

 

काठमाडौंको रत्नपार्क शान्तिबाटिकामा एक विशेष कार्यक्रमको आयोजना गरी श्रमिक महिला दिवस भव्य रुपमा मनाइएको हो ।

 

अनेमसंघ (क्रान्तिकारी) लगायत सात वटा महिला संगठनहरुको संयुक्त आयोजनामा गरिएको कार्यक्रमलाई नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य परि थापा, नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरी, वैज्ञानिक समाजवादी पार्टीका केस जागृत रायमाझी, नेतृ मिना पुन, नेतृ अम्बिका मुडभरी, नेकपा (माओवादी केन्द्र)का नेता कर्णजित बुढा, पूर्व विध्यार्थी नेता शरद रसाइली, अर्जुन कार्की लगायतका नेताहरुले श्रमिक महिलामाथि भएको शोषण, विभेद र उत्पीडनका बारेमा चर्चा गर्दै वर्गमुक्ति आन्दोलनसँग महिला मुक्ति आन्दोलनलाई जोडेर लैजानु पर्ने र महिलाहरुलाई क्षतिपूर्तिसहितको विशेष अधिकार दिइनुपर्ने कुरामा जोड दिए।

कार्यक्रममा कवि राजु स्याङतान र गौरी देवकोटाले महिला मुक्ति आन्दोलनसँग सम्बन्धित कविता प्रस्तुत गरेका थिए । रुकु रनपालले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता अखिल नेपाल महिला युनियनकी अध्यक्ष सीता सुवेदीको रहेको थियो ।

कार्यक्रमलाई स्वागत नेतृ आशा महर्जनले गरेकी थिइन् । महिला सुरक्षा, घरेलु श्रमको मूल्य निर्धारण र समानअधिकार  स्वतन्त्रता र हिसा नियन्त्रणको पक्षमा १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भन्ने नाराका साथ सम्पन्न गरिएको थियो ।