खनाल-नेपाल समूहको राष्ट्रिय भेला आज सकिँदै

काठमाडौं,चैत ५ । नेकपा एमाले खनाल-माधव नेपाल समूहको राष्ट्रय भेला आज सकिँदै छ । बुधबारदेखि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको भेला महत्वपूर्ण निर्णय गर्दै सकिने नेताहरुले बताएका छन् ।

 

बुधबार उद्घाटन सर्तमै नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले नेकपा हुँदै एमालेलाई पनि विभाजन र बिसर्जन गर्न लागेको आरोप लगाएका थिए ।

 

पुराना कम्युनिस्ट नेताहरुको समेत उपस्थिति रहेको भेलाको पहिलो दिन नेताहरुले एमालेको इतिहार, संगठन र विचारमा दाबीसमेत गरेका छन् ।खनाल-माधव नेपाल समूहको .भेलालाई ओली समूहले समेत गम्भीरताका साथ हेरेको बताएकोछ।

 

प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले पार्टी विधान संसोधन गरी आफूइतरका नेताको जिम्मेवारी खोसेपछि माधव नेपाल समूहले राष्ट्रिय भेला बोलाएको हो ।

 

भेलामा सहभागी भएका देशभरका नेता-कार्यकर्ताको सुझाव र भावनाअनुसार निर्णय हुने नेताहरुको भनाइ छ ।+