माक्र्सवादका तीन श्रोत र तीन संघटक अङ्गका सन्दर्भमा

माक्र्सवाद माक्र्सका विचारहरु र उनको शिक्षाको व्यवस्थित श्रृङखला हो । उन्नाइसौं शताब्दीमा माक्र्सवादका तीन संगठक तत्वहरुको उल्लेख गर्दै संसारका तीन अधिकतम उन्नत देशहरूमा पैदा भएका तीन मुख्य विचारधाराहरु – शास्त्रीय जर्मन दर्शन , शास्त्रीय अंग्रेजी राजनीतिक अर्थशास्त्र र सामान्य फ्रान्सेली क्रान्तिकारी शिक्षाहरुसंग संलग्न फ्रान्सेली समाजवादलाई माक्र्सले अगाडि बढाउनु भयो र तिनलाई आफ्नो प्रतिभाले परिपूर्ण बनाउनु भयो ।

– भ्लादीमिर इल्यिच लेनिन

 

विश्व सर्वहारा वर्गका महान् नेता तथा लेनिनवादका प्रतिपादक भ्लादीमिर इल्यिच लेनिनले यहाँ माक्र्सवादका तीन श्रोत र तीन संघटकको बारेमा उल्लेख गर्ने क्रममा दर्शनशास्त्र , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद माक्र्सवादका तीन संघटक अंग ( तत्व ) को बारेमा उल्लेख गर्नुभएको छ । यसैका आधारमा माक्र्सवादका तीन संगटक अंग ( तत्व ) को बारेमा अध्ययन गर्न जरुरी हुन्छ ।

कार्ल माक्र्स ( सन १८१८ – १८८३) र फ्रेडरिक एंगेल्स ( सन १८२० – १८९५ ) को संयुक्त प्रयासबाट माक्र्सवादको जन्म भएको हो । सन १७४८ फेब्रुअरी २१ दिन माक्र्स र एंगेल्सले जुन लण्डनबाट कम्युनिस्ट घोषणापत्र जारी गर्नु भयो , त्यो नै माक्र्सवाद बन्यो र माक्र्सवाद विश्व सर्वहारा वर्गको मुक्तिको पथप्रदशक सिध्दान्त बन्यो । त्यस दिनदेखि विश्व सर्वहारा वर्गले आफ्नो मुक्तिको सिध्दान्तका रुपमा माक्र्सवाद प्राप्त गर्यो ।

माक्र्सवादको महत्वबारे प्रकाश पार्दै लेनिन अगाडि भन्नू हुन्छ , – “ माक्र्सको दर्शन एउटा यस्तो परिपूर्ण दार्शनिक भौतिकजाद हो , जसले मानव जातिलाई र खास रुपले मजदुरवर्गलाई ज्ञानका शक्तिशाली आौजारहरु प्रदान गरेको छ ।“ – लेनिन , संकलित रचनाहरु , भाग १९ , पृष्ठ २५ ।

त्यस्तै माक्र्सवादको महत्वबारे स्वयं माक्र्स अगाडि भन्नु हुन्छ , – “ जसरी दर्शनले सर्वहारावर्गमा आफ्नो भौतिक हतियार भेटाउँछ , त्यसरी नै सर्वहारावर्गले दर्शनमा आफ्नो बौध्दिक हतियार भेटाउँछ ।“ – माक्र्स र एंगेल्स , संकलित रचनाहरु , भाग भाग ३ , पृष्ठ १८७ ।

साथै माक्र्सवादको महत्वबारे कमरेड माओ अगाडि भन्नू हुन्छ , – “ माक्र्सवाद ज्ञानका अनेक शाखाहरुबाट बनेको छ , माक्र्सवादी दर्शन , माक्र्सवादी अर्थशास्त्र र माक्र्सवादी समाजवाद अर्थात् वर्गसंघर्षको सिध्दान्त , तर जग चाहिँ माक्र्सवादी दर्शन हो । यदि त्यसलाई मनन् गरिदैन भने हाम्रो एउटा साझा भाषा या कुनै साझा तरिका हुने छैन , हामी चीजहरुलाई स्पष्ट नपारिकन यताउताको कुरा उठाई तर्कमात्र गरिरहेका हुनेछौं । द्वन्द्वात्मक भौतिकवादलाई मनन् गरिसके पछि , थुप्रै दुः ख कष्टबाट जोगिने छ र धेरै गलतीहरु हट्नेछन् ।“ – माओ त्सेतुङ , चुनिएका रचनाहरु , अंग्रेजी संस्करण , भाग ५ , पृष्ठ १६० ।

माक्र्सवादी दर्शन सर्वहारावर्गको विश्वदृष्टिकोण हो ।माक्र्सवादी दर्शनलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भनिन्छ । यसको सिध्दान्त भौतिकवाद र यसको पध्दति द्वन्द्ववाद हो ।

माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । माक्र्सवाद क्रान्तिकारी र आलोचक रहेको छ । माक्र्सवाद पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद , अतिरिक्त मूल्यको सिध्दान्त , वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् ।
हरेक वस्तुको जन्म र विकासका आधार र श्रोतहरु हुन्छन् । यो विज्ञानको सार्वभौम नियम हो । माक्र्सवादका जन्मका पनि निश्चित वैज्ञानिक आधार र श्रोतहरु रहेका छन् , जो निम्न प्रकार छन् ः–

(१) सामाजिक – आर्थिक श्रोत :–
–––––––––––––––====––––––
मानव समाजको विकासको क्रममा जब उन्नाइसौं शताब्दीको चौथो दशकसम्म आइपुग्दा सामन्तवादका विरुद्ध युरोपका इंगल्याण्ड , फ्रान्स लगायतका देशहरूमा पुँजीवादी क्रान्तिहरु सम्पन्न हुदै गए । त्यसले नयाँ उत्पादक शक्तिको तीव्र विकास भएर गयो । त्यही अबधिमा ती देशहरूमा आौद्योगिक क्रान्तिहरु भए । त्यसैक्रममा मानव समाजमा पुँजीपतिवर्ग र सर्वहारावर्गका बीचमा वर्गसंघर्ष चर्कदै जान थाल्यो । पुँजीपति ( मालिक ) वर्गका विरुद्धको संघर्षमा विश्व सर्वहारावर्ग इतिहासको सबैभन्दा प्रगतिशील र क्रान्तिकारी वर्गको रुपमा विकसित हुदै गयो । त्यस अबधिमा कलकारखानामा कार्यरत मजदुर वर्गले आफ्नो हक , हित र अधिकार प्राप्तिका लागि ठूला ठूला आन्दोलन र संघर्षका कार्यक्रमहरु अगाडि बढाउन थाल्यो ।

त्यसैक्रममा इङ्गल्याण्डमा सन १८३८ – १८४२ सम्म चार्टिष्ट आन्दोलन सञ्चालन गरियो । त्यस्तै सन १८४४ मा इङ्गल्याण्डका मजदुरहरु लुडाइट ( मेसिन तोडफोड ) आन्दोलन सञ्चालन गरे ।

त्यही अबधिमा इङ्गल्यनण्ड , जर्मनी , अमेरिका , फ्रान्स लगायतका देशहरूमा ठूला ठूला मजदुर आन्दोलनहरु हुदै गए
इङ्गल्याण्डमा सञ्चालन भएका चार्टिष्ट आन्दोलन , मेसिन तोडफोड आन्दोलन आधुनिक युगमा मजदुर वर्गको आन्दोलन थियो । ती आन्दोलनले मजदुर वर्गलाई वर्गसचेत गराउँदै लग्यो । ठिक त्यही परिस्थितिमा मजदुर वर्गको मुक्ति , उद्श्ये र आन्दोलनका लागि एक सुसंगत एवम् वैज्ञानिक तथा क्रान्तिकारी विचारधाराको निर्माण एक ऐतिहासिक आवश्यकता बन्न गयो ।

(२) प्रकृति विज्ञानका श्रोतहरु :–
––––––––––====–––––––
समाज विकास क्रममा दास युग र विशेषगरि युरोपको पुनर्जागरण काल पश्चात् प्रकृति विज्ञानका क्षेत्रमा प्रशस्त नयाँ नयाँ खोज र विकास हुदै गयो । त्यही बखत ज्योतिषशास्त्र , गणित , भौतिक विज्ञान , यन्त्रशास्त्र , रसाइनविज्ञान , जीवविज्ञान लगायत प्रकृतिविज्ञानका विविध क्षेत्रमा नयाँ नयाँ खोज र अन्वेषण हुदै गए ।

विविध क्षेत्रमा आविष्कारक तथा अन्वेषकहरुको विकास हुदै गयो । त्यसैक्रममा प्रकृतिविज्ञानको क्षेत्रमा युक्लिडको ज्योति , टोलमीको सौरमण्डलको सिध्दान्त , अरबहरुबाट दशमलव अंकपध्दति , प्रारम्भिक बिज गणित जस्ता चीचहरु प्राप्त हुदै गए ।

युरोपेली पुनर्जागरण कालयता प्रकृतिविज्ञानका क्षेत्रमा नयाँ चरणको थालनी भएको थियोे ।त्यसै बेला कोपरनिकस , ग्यालिलियो , न्युटन जस्ता वैज्ञानिकहरुले खगोल विज्ञानको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

त्यस्तै प्रकृतिविज्ञानका क्षेत्रमा तीन महत्वपूर्ण खोज , अन्वेषण भएका थिए । ती खोजमा भौतिकविज्ञानमा मायर उर्जाको संरक्षण तथा रुपान्तरणको सिध्दान्तमा जुल तथा कोल्डिङ्गको महत्वपूर्ण योगदान रहयो ।

जीव रसायन विज्ञानमा श्वान्न तथा श्लेइडेनको जैवकोषिकाको सिध्दान्त र डार्विनको विकासवादको सिध्दान्त उल्लेखनीय रहेका छन् ।

माथि उल्लेख गरिएका ती सबै खोज , अन्वेषणको परिणाम प्रकृति तथा प्रकृतिविज्ञानमा विद्यमान यान्त्रिक तथा अधिभूतवादी चिन्तनका विरुद्ध द्वन्द्ववादको स्थापना , प्रकृतिविज्ञान द्वन्द्ववादी रहेको पुष्टि हुनु , प्रकृतिका अनेक प्रक्रियाहरुबारे परिकल्पित अन्तःसम्बन्धका ठाउँमा वास्तविक अन्तःसम्बन्धको स्थापना र भौतिकवादको पुष्टि हुन पुग्यो ।
त्यस परिस्थितिमा तथाकथित प्रकृतिदर्शनको अन्त्य भई प्रकृतिविज्ञानका विविध शाखाहरुले स्वतन्त्र विज्ञान बन्नका लागि वैज्ञानिक आधार तयार भयो ।

(३) सैध्दान्तिक श्रोत :–
––––––––====––––––
माक्र्सवादका सैध्दान्तिक श्रोत तीन प्रकारका रहेका छन् , ती हुन् ः शास्त्रीय जर्मन दर्शन , शास्त्रीय अंग्रेजी राजनीतिक अर्थशास्त्र र फ्रान्सेली समाजवाद ।

(क) शास्त्रीय जर्मन दर्शन :-
––––=====–––
उन्नाइसौं शताब्दीमा जर्मनीमा हेगेल र फायरवाखमा दर्शनले एउटा उत्कर्ष प्राप्त गरेको थियोे । हेगृलले द्वन्द्ववादको चरम रुपमा विकास गरेका थिए । हेगेलको द्वन्द्ववाद हेगेलकै विरुद्ध परिलक्षित थियो । हेगेलको निरपेक्ष विचार उनको आदर्शवादकै अभिव्यक्ति थियोे । त्यसैगरी त्यसबेला आदर्शवादका विरुद्ध फायरवाखको भौतिकवाद थियो , तर त्यो यान्त्रिक र नैतिकताको मामिलामा आदर्शवादी थियोे ।

( ख) शास्त्रीय बेलायती राजनीतिक अर्थशास्त्र :-
––––––––––––=====–––––––––
बेलायतमा राजनीतिक अर्थशास्त्रको नयाँ ढंगले विकास हुदै गएको थियो । यश कार्यमा बेलायती अर्थशास्त्री आदम स्मिथ र डेविड रिकार्डोले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ती अर्थशास्त्रीहरुले भनेका थिए कि “ सबै सम्पत्ति र सबै मूल्यको श्रोत श्रम हो ।“ त्यो उनीहरूको एक महत्वपूर्ण प्रस्थापना थियोे । त्यसले के प्रश्न खडा गरेको थियो भने मजदुरले आफ्नो श्रमबाट जुन मूल्यको सृष्टि गर्दछ , त्यसले पुरै प्राप्त नगरी किन पुँजीपतिवर्गलाई दिनु पर्दछ ? यश प्रकारको अन्तर्विरोध समाधान कसरी हुन सक्तछ ? उनीहरूले ती प्रश्नहरुको समाधान खोज्न सकेका थिएनन् ।
( ग) फ्रान्सेली समाजवाद :-
–––––––––=====––––––
सन १७८९ मा सम्पन्न फ्रान्सेली राज्य क्रान्ति अर्थात् फ्रान्सेली समाजवादले तत्कालीन विश्व मानव समाजमा कैयौ नयाँ नयाँ विचार सहित अगाडि बढ्यो । यश सन्दर्भमा फ्रान्सका सेण्ट साइमन र चार्ल्स फुरिए तत इङ्गल्याण्डका रबर्ड ओवेनहरु प्रमुख विचारकहरु थिए । उनीहरू काल्पनिक समाजवादी थिए । उनीहरूले वर्गविहिन सुन्दर समाज निर्माण गर्ने कल्पना गरेका थिए ।

फ्रान्सेली समाजवाद स्वतन्त्रता , समानता र भातृत्वको नारा दिएको थियो । तर त्यसबाट समाजमा वर्गीय शोषण र उत्पीडनको अन्त्य गर्ने लक्ष्य थिएन । समाजमा व्यापक पुँजीवादी शोषण व्याप्त थियो ।

ती काल्पनिक समाजवादी दार्शनिकहरुले तर्कबुध्दिवादका आधारमा एक सुन्दर , सामञ्जस्यपूर्ण र शोषण विहिन समाज स्थापना गर्ने कुराको अर्थात् समाजवाद र साम्यवादको आदर्श त प्रस्तुत गरेका थिए ।तर वास्तविक जीवनमा त्यस प्रकारको समाज कसरी स्थापना गर्न सकिन्छ ? त्यस विषयमा उनीहरूले ठोस वैज्ञानिक विचार र रुपरेखा प्रस्तुत गर्न सकेका थिएनन् । अर्थात् उनीहरूले समाज बदल्ने वर्गसंघर्षको सिध्दान्तलाई बुझ्न सकेका थिएनन् ।

माक्र्स र एंगेल्सले तिनका विचारहरुको अध्ययन गरेर तिनमा रहेका अवस्तुवादी काल्पनिक पक्षलाई हटाएर वैज्ञानिकता प्रदान गर्नु भयो ।यो फ्रान्सेली राज्य क्रान्तिको अनुभव माक्र्सवादको निर्माणको निम्ति महत्वपूर्ण श्रोत बन्यो ।

यी सबै विषयको सही संश्लेषण र विज्ञानसम्मत रुपरेखा प्रस्तुत गर्न र स्पष्टीकरण अनिवार्य बन्न गएको थियो , त्यो आवश्यकता र अनिवार्यतालाई माक्र्सवादले मात्र पुरा गर्यो ।

माक्र्सवादका तीन संगटक अंग ः
–––––––––=====––––––––––––
दर्शनशास्त्र , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद माक्र्सवादका तीन संघटक अंग हुन् ।

( क) दर्शनशास्त्र ः
–––––––===––––
माक्र्सवादको पहिलो संघटक अंग दर्शनशास्त्र हो ।यसले प्रकृति , समाज र विचारधारात्मक विकासका अति सामान्य नियमहरुको अध्ययन गर्दछ ।दर्शनका क्षेत्रमा सबैभन्दा पहिले विकास भएको शास्त्रीय जर्मन दर्शनका रुपमा जार्जी हेगेलले विकास गरेको द्वन्द्ववाद र लुडविक फायरवाखले विकास गरेको भौतिकवाद नै थिए ।तत्कालीन समयमा देखा परेका ती दुबै दर्शनका मूल्यवान तथा सुसंगत विचार प्रणालीलाई आत्मसात गरेर माक्र्स र एंगेल्सले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनको विकास गर्नु भयो , जो विश्व सर्वहारावर्गको विश्वदृष्टिकोण बन्यो ।
दर्शनशास्त्र प्रकृति , समाज र चिन्तनका गतिका सामान्य नियमहरुको अध्ययन गर्ने विज्ञान भएकोले यसलाई माक्र्सले नितान्त नयाँ ढंगले विकसित तुल्याउनु भएको छ ।

( ख) राजनीतिक अर्थशास्त्र :-
––––––––===–––––––
माक्र्सवादको दोस्रो संघटक अंग राजनीतिक अर्थशास्त्र हो । राजनीतिक अर्थशास्त्र उत्पादन सम्बन्धहरुको अध्ययन गर्ने विज्ञान हो । यसले समाजका उत्पादक शक्ति र उत्पादन सम्बन्धमा रहेका वर्गहरुबिचको आपसी सम्बन्ध र तिनीहरूका बीचमा उत्पन्न हुने संघर्षका नियमहरुको अध्ययन गर्दछ ।

बेलायती अर्थशास्त्री एडम स्मिथ र डेविड रिकार्डोले अगाडि सारेका मूल्यका श्रम सिध्दान्तका आधारमा माक्र्सले अतिरिक्त मूल्यको सिध्दान्तको रुपमा नयाँ सिध्दान्तलाई विकसित तुल्याउनु भयो ।

पुँजीवादी अर्थशास्त्रीहरुले राजनीतिक अर्थशास्त्रलाई वस्तुहरुको आपसी सम्बन्धको अध्ययन गर्ने विज्ञानका रुपमा लिएका थिए , तर त्यसको उल्टो माक्र्सले मानिसहरुको पारस्परिक सम्बन्धको अध्ययन गर्ने विज्ञानका रुपमा राजनीतिक अर्थशास्त्रलाई स्थापित गर्नु भयो र मूल्यको श्रम सिध्दान्तलाई माक्र्सले नयाँ व्याख्या , परिष्कार र अतिरिक्त मूल्यको सिध्दान्तको खोजका आधारमा समृद्ध तुल्याउनु भयो ।

( ग) वैज्ञानिक समाजवाद :-
––––––––====––––––––
माक्र्सवादको तेस्रो संघटक अंग वैज्ञानिक समाजवाद हो ।माक्र्स भन्दापूर्वका महान् विचारकहरु सेण्ट साइमन , रोबर्ट ओवेन , चार्ल्स फुरिए आदि काल्पनिक समाजवादीहरुले यस्तो समाज व्यवस्थाको परिकल्पना गरेका थिए , जहाँ मानिसले मानिसको शोषण गर्ने परिस्थिति नै उत्पन्न नहोस् ।

उनीहरूले व्यक्तिगत सम्पत्तिको आधार सामाजिक विकासको मूलतत्वको रुपमा रहेको वर्गसंघर्ष हो र यसको अन्त्य पनि वर्गसंघर्षद्वारा नै हुन्छ भन्ने कुरा बुझ्न सकेका थिएनन् । तर वैज्ञानिक समाजवाद एक यस्तो सामाजिक तथा वैचारिक व्यवस्था हो , जुन वर्गसंघर्ष , इतिहासमा बलप्रय ोग को भूमिका सर्वहारावर्गको अधिनायकत्व र वर्गहरुको विलोपको सिध्दान्तमा आधारित रहेको हुन्छ भन्ने कुरा माक्र्स – एंगेल्सले स्थापित गर्नु भयो । साथै माक्र्स – एंगेल्सले काल्पनिक समाजवादका विरुद्ध वैचारिक संघर्ष चलाउदै वैज्ञानिक समाजवादको विज्ञानलाई स्थापित गर्नु भयो ।

 

यसरी उत्पादन संघर्ष , वर्गसंघर्ष र वैज्ञानिक प्रयोगका बीचबाट माक्र्सवादको जन्म भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद माक्र्सवादी दर्शन हो र यो नै सर्वहारावर्गको विश्वदृष्टिकोण हो । माक्र्सवाद र माक्र्सवादी दर्शन विश्व सर्वहारावर्गको मुक्तिको सैध्दान्तिक हतियार हो ।

माक्र्स – एंगेल्सद्वारा माक्र्सवादको प्रतिपादन भएको यस १७३ वर्षको लामो तथा ऐतिहासिक अबधिमा यश धर्तीमा ठूलो उथलपुथल र परिवर्तन भइरहेको छ । यस बीचमा माक्र्सवाद – लेनिन रवादको आलोकमा र पथप्रदर्शनमा सन १८७१ मा महान् पेरिस कम्युनको स्थापना भयो । त्यो विश्व सर्वहारा वर्गले पहिलो पटक विद्रोह गरेको एक ऐतिहासिक परिघटना थियोे ।

त्यस्तै सन १९१७ अक्टोबर २५ ( नोभेम्बर ७ ) महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको थियोे । महान् अक्टोबर क्रान्तिकारी अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा एक ऐतिहासिक परिघटना थियो र विश्वमा विश्व सर्वहारावरणगले पहिलोपटक आफ्नो अधिनायकत्व स्थापना गरेको थियो ।

साथै सन १९४९ अक्टोबर १ का दिन महान् चिनिया नयाँ जनवादी क्रान्ति सम्पन्न भयो र भियतनाम , कोरिया , कम्वोडिया , क्युवा आदि देशहरूमा जनवादी तथा समाजवादी क्रान्तिहरु सम्पन्न भए ।

यद्यपि रुस, चीन लगायतका देशहरुमा प्रतिक्रान्ति भएर पुँजीवादको पुनस्र्थापना भएको भए पनि विश्व सर्वहारा क्रान्ति जारी छ र माक्र्सवादको महत्व , आवश्यकता र आौचित्य अरु बढेर गएको छ । किनभने आजको साम्राज्यवाद र सर्वहारावर्गबीचको भीषण संघर्षको युग हो ।

 

आज माक्र्सवादले पहिलोमा माक्र्सवादको विकास गरेछ भने माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरणमा लेनिनवादको विकास भएको छ र माक्र्सवाद – लेनिनवमदको गुणात्मक विकासको तेस्रो र नयाँ चरणमा माओवादको विकास भएको छ ।

यसरी आज अन्तर्राष्ट्रिय सर्वहारावर्गको हातमा एउटा सार्वभौम सिध्दान्तको सिंगो अभेद्य इकाईका रुपमा माक्र्सवाद – लेनिनवाद – माओवाद रहेको छ । माओवादलाई आजको विश्वको माक्र्सवाद – लेनिनवादको रुपमा ग्रहण नगरी कोही पनि सच्चा कम्युनिस्ट बन्न सक्तैन ।

आज माक्र्सवाद – लेनिनवाद – माओवादको आलोकमा र पथप्रदर्शनमा भारतमा भारतीय कम्युनिस्ट पार्टी ( माओवादी) सशस्त्र जनयुद्ध सञ्चालन गरिरहेको छ । त्यस्तै नेपालमा पनि नेकपा ( क्रान्तिकारी माओवादी ) सशस्त्र जनविद्रोहको तयारी गरिरहेको छ भने फिलिपिन्स , अफगानिस्तान , टर्की , भेनेजुयला , फ्रान्स , बेल्जियम , नेदरल्यान्ड , जर्मनी , पेरु लगायतका देशहरूले सशस्त्र जनयुद्ध सञ्चालन गर्ने तयारी गरिरहेका छन् ।

यसर्थ आज मालेमावादको आवश्यकता , महत्व र अपरिहार्यता अरु बढेर गएको छ । संसारलाई बदल्ने अचूक वैज्ञानिक हतियार मालेमावाद भन्दा अर्को अस्त्र छैन ।

( लेखकः अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ) ।