नेपालमा थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि,थप ८२ जना डिस्चार्ज

काठमाडौं,चैत १६।नेपालमा थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ९ सय ८० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ३ सय ४१ जना सक्रिय संक्रमित छन्।

 

 पछिल्लो २४ घण्टामा ३ हजार १ सय २२ जनाको पिसिआर परीक्षण गर्दा १ सय ४१ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ६४ हजार २ सय ६८ पुगेको छ।

 

 पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ हजार २७ छ। हाल ५६ जना क्वारेन्टाइनमा छन्।

 

 पछिल्लो २४ घण्टामा ८२ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ६ सय १२ जना पुगेको मन्त्रालयले जनाएको छ।