माधव नेपाल र भीम रावल पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बित

काठमाडौं,चैत १६। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भिम रावललाई ६ महिनाको लागि सदस्यबाट निलम्बन गरेका छन्।

 

नेपाल र रावललाई सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले उनीहरूलाई निलम्बन गरेका हुन्।

 

नेपाल र रावललाई पार्टीका सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै पार्टी विधान २०४९ को धारा ४९ ख अनुसार ६ महिनाका लागि निलम्बन गरिएको हो।

 

पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारवाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन्।