ललितपुरमा पनि कुखुरा र बट्टाईमा बर्डफ्लु भेटियो (प्रेस विज्ञप्तिसहित)

काठमाडौं,चैत १६। पशु सेवा विभागका अनुसार ललितपुर महानगरपालिका-१४ नख्खुमा एक कृषकले पालेका स्थानीय कुखुरा, बट्टाई र हाँसबाट संकलन गरिएको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको हो।

 

विभागका अनुसार गत माघयता काठमाडौं, सुर्खेत र जाजरकोटमा बर्ड फ्लु फैलिएको पुष्टि भइसकेको छ। ‘बर्ड फ्लु रोगको निगरानीको क्रममा देशका विभिन्न स्थानबाट नमुना संकलन गरी परीक्षण गर्दा ललितपुरमा पनि भेटिएको छु।

 

विभागले सोमबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका निकायहरूको परिचालन गरिएको छ।

 

रोग देखिएको तथा संभावित फैलन सक्ने क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु नष्ट गरी रोग नियन्त्रणको प्रयास भइरहेको पनि विभागले जनाएको छ।

 

रोग नियन्त्रणका लागि विभागले ५१६ हाँस, ८५४ स्थानीय कुखुरा, १५४ बट्टाई, ९४४ गोटा अण्डा र ३३५ किलोग्राम दाना नष्ट गरेको छ।

प्रेस विज्ञप्ति यस्ताे छ।