आज यी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं,चैत १७। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ।

 

 

हाल मौसमको अवस्था देशको पहाडी भुभागहरुमा आंशिक देखी सामान्य बदलिको अवस्था रहेको छ भने बांकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ।

 

 आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

त्यस्तै आज राती स् देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली एक दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।