यी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा अपरान्ह पछि मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौं,चैत २९। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ।

 

हाल मौसमको अवस्था देशको पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ । बाँकि भूभागहरुको मौसम सामान्यतया सफा रहेको छ ।

 

 आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका एकदुई स्थानमा अपरान्ह पछि मेघगर्जन र चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

 

त्यस्तै आज राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

देशको पहाडी भूभागका एकदुइ स्थानमा अपरान्ह पछि मेघगर्जन र चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।