बाजुरामा जीप दुर्घटना हुँदा चार जना घाइते

काठमाडौं,चैत २९। बाजुराको जिल्लाको गौमुल गाउँपालिकामा जीप दुर्घटना भएको छ। जीप दुर्घटनामा परी चार जना घाईते भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

मार्तडीबाट गौमुल गाउँपालिकाको मानाकोट जादैं गरेको से १ ज ५८० नम्बरको जीप गौमुल गाउँपालिकाको केन्द्र घट्मुनामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

 

गौमुल गाउँपालिका वडा नम्बर ५ नक्राडाका ४५ वर्षिय नरबहादुर रोकाया, गौमुल गाउँपालिका वडा नम्बर १ दुर्गालीका २५ वर्षीया सुर्मा रोकाया र बुढीनन्दा नगरपालिका वडा नम्बर ९ का अन्दाजी २६ वर्षीया बिर्मा रोकाया घाइते भएकाे प्रहरीले जनाएकाे छ। उनीहरुको घट्मुना स्वास्थ्य चौकीमा सामान्य उपचारपछि घर पठाइएको प्रहरीले जनाएकाे छ।