यी प्रदेशका केही स्थानहरुमा अपरान्हपछि मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौं,चैत ३०। जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको जनाएको छ।

 

देशको पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली हुनुका साथै देशका पहाडी तथा तराई भूभागका केही स्थानमा तुवाँलो लागेको महाशाखाको भनाइ छ।

 

सोमवार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ।

 

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरुमा अपरान्हपछि मेघ गर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

 

 

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भूभागका एकदुइ स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।