यी प्रदेशका पहाडी भूभागमा अपरान्ह पछि मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौं,चैत ३१। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेको छ।

 

हाल मौसमको अवस्था देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । देशका धेरै स्थानहरूमा तुँवालो रहेको छ।

 

 

 आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ। पहाडी भूभागका एकदुई स्थानमा अपरान्ह पछि मेघगर्जन र चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केहि भूभागमा तुँवालोको असर रहने छ।

 

त्यस्तै आज राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

 

देशको पहाडी भूभागका एकदुइ स्थानमा अपरान्ह पछि मेघगर्जनरचट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। साथै देशका केहि भूभागमा तुँवालोको असर रहने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।