टेकु अस्पतालले कोरोना संक्रमित बिरामी मात्र भर्ना लिने निर्णय

काठमाडौं,चैत ३१ । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना संक्रमित बिरामी मात्र भर्ना लिने निर्णय गरेको छ।

 

कोरोना संक्रमितको चाप बढ्न थालेपछि आजदेखि अस्पतालले अन्य रोगका बिरामीलाई भर्ना नलिने निर्णय गरेको हो।

 

संक्रमितको उचित उपचार र व्यवस्थापन गर्न अन्य बिरामी भर्ना नलिने निर्णय गरिएको अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले जानकारी दिनुभयो । अन्य सरुवा रोगका भर्ना हुनैपर्ने खालका बिरामीलाई वीर र पाटन अस्पतालमा पठाइने बताइएको छ ।

 

कोरोना संक्रमितको चाप बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले नै शुक्रराज अस्पताललाई कोरोना संक्रमितलाई मात्र भर्ना गरेर उपचार तथा व्यवस्थापन गर्न निर्देशन दिएको थियो। अस्पतालमा हाल १८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।