मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु

सांकेतिक तस्विर

धनुषा,बैशाख १२। धनुषामा दुई मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा परी दुई मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

 

इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार धनुषाको मिथिला नगरपालिका–८ कुसुमविसौनामा ग्रामीण सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकै गाउँका दुई युवकको मृत्यु भएको छ ।

 

 

मृत्यु हुनेमा कुसुमविसौनाका स्थानीयवासी २० वर्षीय भोला महतो र स्थानीयवासी २६ वर्षीय सुनिल शर्मा रहेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए।

 

 

प्रदेश २–०२–००२ प ६०३६ र प्रदेश २–०२–००३ प २८७७ मोटरसाइकल आइतबार दिउँसो एकापसमा ठोक्कएर दुर्घटना भएको प्रहरीले जनाएको छ।दुर्घटनामा मृत्यु हुने दुवै मोटरसाइकल चालक हुन्।रासस,