यी प्रदेशका केही स्थानमा अपरान्हपछि मेघगर्जन,चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौं,बैशाख १४। जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहको जनाएको छ ।

 

हाल देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ ।

 

दिउँसो प्रदेश नं १, प्रदेश नं २ लगायत देशका अन्य पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

 

देशका पहाडी भूभागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन तथा चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।

 

राती प्रदेश नं १, प्रदेश नं २ लगायतका देशका पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।