खाद्यान्ह किनेर घरमा नथुपार्न उपभोक्तालाई आग्रह, कुनै कुराको अभाव हुँदैन

काठमाडौँ,बैशाख १४ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोनाको दोस्रो लहर बढेसँगै सरकारले बिहिबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने भएको । निषेधाज्ञापछि खाद्यन्न अभाव हुन्छ कि भन्ने चिन्ता छ उपभोक्तामा ।

 

कतिपय उपभोक्ताले विगतमा जस्तै यसपाली पनि खाद्य सामग्री खरिद गरी घरमा थन्क्याउन थालिसकेका छन् । काठमाडौँ उपत्यकामा लकडाउन भएपनि खाद्य वस्तुको कुनै अभाव नहुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

 

दोस्रो लहरको कोरोना रोकथामका लागि लकडाउन हुँदा आम उपभोक्तालाई खाद्य आपूर्तिमा समस्या हुन नदिइ मन्त्रालयले तयारी गरी रहेको मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।

 

लकडाउन हुँदा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या आउन नदिइन आइतबार मन्त्रालय छलफल समेत भएको उनले जानकारी दिइन् ।

 

उनले सरकारी र निजी क्षेत्रसंग पर्याप्त खाद्यन्न मौज्दात रहेको जानकारी दिँदै भनिन् ‘नेपाल सरकारको पूर्ण स्वमित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग २३ हजार मेट्रिक टन बढी चालम मौज्दात रहेको छ ।यसैगरी गाहुँ, धान, दाल गेडागुडी तेल पनि रहेको उनले बताइन् ।

 

बजारमा खाद्यन्न अभाव हुन नदिन र कालोबजारी गर्नेलाई बजार अनुगमन गरेर कारबाही गर्ने प्रवक्ता केसीले बताइन् ‘निषेधाज्ञा जारी भएपछि पनि आपूर्तिमा कुनै समस्या आउन नदिने व्यवसायीहरुसँग छलफल भइसकेको छ । खाद्यन्नको अभाव हुँदैन अहिले नै उपभोक्ताले आत्तिएर खाद्यन्न किनेर घरमा राख्नु जरुरी छैन ।’ उनले भनिन् ।

 

आपूर्तिमा समस्या आउनु नदिन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षमा आइतबार बसेको बैठकले आपूर्ति व्यवस्थापनलाई सहज बनाउन आवश्यक काम गर्ने निर्णय भएको छ ।

 

मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजारबाट ५० क्विण्टल चामल खरिदका लागि टेण्डर निष्काशन गरेको छ ।

 

यसैगरी, नेपाल सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा ३० हजार क्विन्टल गहुँ खरिद प्रक्रिया पनि अगाडि बढेको छ । दुर्गम जिल्लाहरुमा समेत खाद्यान्नको मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका दुर्गम जिल्लाहरुमा रहेका डिपोहरुमा ३२ हजार ८ सय ४५ क्विन्टल चामल मौज्दात रहनुका साथै बिक्री वितरण समेत भइरहेको छ ।राजधानी दैनिकमा खबर छ।