आज यी प्रदेशका केही स्थानमा अपरान्हपछि मेघगर्जन,चट्याङ्ग र हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना

काठमाडौं,बैशाख १५। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।

 

 

हाल मौसमको अवस्था देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

 

 

 आज दिउसो देशका पहाडी भूभागमा आँशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि मेघगर्जन,चट्याङ्ग र हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

 

 

त्यस्तै आज राती देशका पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन,चट्याङ्ग र हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना छ।

 

 

 देशभर अधिकतम र न्यूनतम तापक्रममा बृद्दि भइरहेकोले गर्मी बढ्ने र सो वाट सृजना हुन सक्ने संभावित असरहरु वाट बच्नका लागि साथै पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन,चट्याङ्ग र हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।