ओलीको स्वेच्छातारितामा कुनै कमी नआएको नेपाल–खनाल समूहको निष्कर्ष

काठमाडौं,बैशाख १५। नेकपा एमालेको नेपाल–खनाल समूहले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारितामा कुनै कमी नआएको निष्कर्ष निकालेको छ ।

 

नेपाल–खनाल समूहको आज बसेको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीबाट पार्टीको विधान र सर्वोच्च अदालतको फैसला विपरीतका काम निरन्तर भइरहेको भन्दै त्यसविरुद्ध संघर्ष गर्ने निर्णय गरेको हो ।

 

बैठकपछि नेता भीम रावलले अध्यक्षका स्वेच्छाचारी र पार्टी विधान विपरीतका काम बन्द नभएसम्म देशव्यापी अभियान जारी राख्ने निर्णय भएको बताउनुभयो ।

 

नेपाल–खनाल समूहले कोरोना संक्रमण रोकथाममा सरकारले प्रभावकारी काम गर्न नसकेको निष्कर्ष समेत निकालेको छ ।

 

नेता रावलले अध्यक्ष ओलीले आफूहरुलाई कारबाही गर्छु भनेर धाकधम्की दिनु जनता तर्साउने काम मात्रै भएको दाबी पनि गर्नुभयो । नेपालको कानून बमोजिम ओलीले आफुहरुलाई कारबाही गर्न नसक्ने उहाँको भनाई छ ।