क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले सरकारलाई जनताप्रति जवाफदेही हुन अपिल गर्दै प्रेस विज्ञप्ति जारी

काठमाडौं,बैशाख १५ ।नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै नेपाल सरकार जनताको जीवनरक्षाका साथै आधारभूत आवश्यकता पूरा गर्ने सवालमा अत्यन्तै गैरजिम्मेवार देखिएकोले र लकडाउन र निषेधाज्ञालाई नै समस्याको समाधन ठानेर त्यसैमा जोड दिने सरकारको गैरजिम्मेवारी नीतिको विरोध गर्दै ओली सरकारलाई जनताप्रति पूर्णरुपमा जवाफदेही हुन चेतावनीसमेत दिन चाहन्छौं भन्दै प्रेस विज्ञप्ति संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले प्रकाशित गरेका छन्। प्रेस विज्ञप्तिकाे पूर्ण पाठ तल दिइएको छ,

प्रेस विज्ञप्ति  

सरकारलाई जनताप्रति जवाफदेही हुन अपिल ।

कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै नेपालमा पनि परिस्थिति भयावह र विकराल बन्दै गइरहेको छ । नेपाल सरकार जनताको जीवनरक्षाका साथै आधारभूत आवश्यकता पूरा गर्ने सवालमा अत्यन्तै गैरजिम्मेवार रहेको कुरा सरकारका पछिल्ला गतिविधिहरुले प्रष्टै पार्दछन् ।

 

भेन्टिलेटर र आई।सी।यू। बेडहरु थप्ने र चिकित्सक तथा स्टाफ नर्सहरुको अभाव र अपुग भएका अस्पतालहरुमा आवश्यक चिकित्सक, स्टाफ, नर्सलगायत अन्य आवश्यक उपकरण थप एवम् व्यवस्थापन गर्नेतिर सरकार गम्भीर देखिँदैन ।

 

केवल सस्तो लोकप्रियता र नेम प्लेटमा आफ्नो नाम लेखाउन, राष्ट्रघाती एमसीसी परियोजना पास गराउन र जसरी भए पनि विदेशीको गुलाम बनेर आफ्नो सरकार बचाउनमै तल्लीन देखिन्छ भने प्रतिपक्षीहरु ‘तँ छाड म छाड’ गर्दै जसरी भए पनि सरकारमा पुग्ने होडबाजीमै लागिपरेका छन् । उनीहरु पनि देश र जनताप्रति पूर्णरुपमा गैरजिम्मेवार साबित भइसकेका छन् ।

लकडाउन र निषेधाज्ञा जारी गर्दा मारमा पर्ने विद्यार्थी, मजदूरलगायत आम सर्वसाधारणलाई राहत प्याकेज घोषणा गरी सहजरुपमा जीवनयापनको वातावरण निर्माण गर्नसमेत नेपाल सरकारसँग अनुरोध गर्दछौं ।

 

कोभिड–१९ का बिरामीहरुलाई पूर्णरुपमा निस्शुल्क उपचारको व्यवस्था गर्नका लागि हार्दिक अपिल गर्दछौं । साथै, नेपाल सरकारलाई जनताप्रति पूर्णरुपमा जवाफदेही हुनसमेत जोडदार आग्रह गर्दछौं ।

अन्यथा, जनताप्रति गैरजिम्मेवार हुने, राष्ट्रघात र जनघातका कामहरु मात्र गर्ने, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सुनिश्चितता गर्न नसक्ने अहिलेको दलाल प्रतिक्रियावादी राज्यसत्ताविरुद्ध सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत दिन चाहन्छौं ।

क्रान्तिकारी अभिवादनसहित 

‘‘‘‘‘‘‘‘
हरिकृष्ण गजुरेल
अध्यक्ष

प्रेस विज्ञप्ति:-