छाती किन दुख्छ? यस्ता छन्,छाती दुख्ने मुख्य कारणहरू !

काठमाडौँ,बैशाख १९।छाती दुख्यो भने विभिन्नकिसिमका रोग भएको अनुमान गर्न सकिन्छ । फोक्सोसम्बन्धी रोग, मुटुरोग तथा कहिलेकाहीँ हाम्रो खानानलीको ग्यास्ट्रिकले पनि छाती दुख्ने गर्छ । छातीको दुखाइमा कुन ठाउँको हो, त्यसले भने कुन रोग लागेको हो भनी अनुमान गर्न सकिन्छ ।

 

छातीको दुखाइ सामान्य रोगका कारण पनि हुन सक्छ भने सामान्य छातीको दुखाइ ठूलो रोगको लक्षण पनि हुन सक्छ । जस्तो कि, कसैलाई छातीको बीच भागमा अकस्मात् दुख्यो भने मुटुका कारण हुने गर्छ ।

 

 

त्यो दुखाइ यदि दुखेको ठाउँभन्दा अन्यत्र सरिरहेको छ, गर्दन, बायाँ पाखुरातिर सरेको छ भने, मुटुरोगको कारण दुखेको हुन सक्ने सम्भावना धेरै हुन्छ । त्यस्तो किसिमले छाती दुख्यो भने तुरुन्तै सम्बन्धित चिकित्सकलाई देखाउनुपर्छ ।

 

त्यसैगरी, फोक्सोसम्बन्धी रोगका कारण छाती दुख्नु भनेको मुख्यतः निमोनियाको लक्षण हो । त्यसैगरी पल्मोनरी इन्मोलिजम भनेको हृदयाघातजस्तै हो । पल्मोनरी इन्मोलिजमलाई लङ इन्फेक्सन भनिन्छ ।

 

अकस्मात् छाती दुख्नु निमोथेराक्स हो । निमोथेराक्स भनेको फोक्सोमा हावा भरिनु हो । फोक्सोको बाहिरपट्टिको भागलाई पिलुयर स्पेस भनिन्छ । फोक्सोलाई दुईवटा झिल्लीले छोपेका हुन्छन् ।

 

 

ती दुई झिल्लीको बीचमा हावा भरिनुलाई निमोथेराक्स भनिन्छ, जुन लामो समय फोक्सोको बिरामी भएको मानिसलाई हुन सक्छ भने फोक्सोको केही समस्या नभएका मानिसलाई पनि हुने गर्दछ ।

 

कुनै मानिसलाई अकस्मात् छाती दुख्यो भने र बीचमा नदुखीकन छेउको भागतिर दुखेको छ भने फोक्सोको दुखाइको सम्भावना बढी हुन्छ, जसको निमोथेराक्स वा हावा भरिनु महत्वपूर्ण कारण हो ।

 

 

हावा भरिदैँ गयो भने फोक्सोको अरु भागलाई थिच्छ र मुटुलाई काम गर्न दिँदैन, जसका कारण मानिसको मुत्युसमेत हुन्छ।

 

कुनै मानिसलाई अकस्मात् छाती दुख्यो भने र बीचमा नदुखीकन छेउको भागतिर दुखेको छ भने फोक्सोको दुखाइको सम्भावना बढी हुन्छ, जसको निमोथेराक्स वा हावा भरिनु महत्वपूर्ण कारण हो ।

 

हावा भरिदैँ गयो भने फोक्सोको अरु भागलाई थिच्छ र मुटुलाई काम गर्न दिँदैन, जसका कारण मानिसको मुत्युसमेत हुन्छ।

 

 

छातीको दुखाइको अर्को महत्वपूर्ण कारण फोक्सोमा पानी भरिनु पनि हो । पानी भरिएर दुखेको छ भने बिस्तारै दुख्दै जान्छ, लामो समय लाग्न सक्छ ।

 

त्यसैगरी, छातीको दुखाइ फोक्सोको क्यान्सरको लक्षण पनि हो । यदि फोक्सोको क्यान्सर फैलिएर छातीको भित्तालाई छोएको छ भने पनि छाती दुख्ने गर्छ ।

 

 

क्यान्सरका अरु लक्षण नदेखिन पनि सक्छन् । जस्तो कि, खकारमा रगत आउनु, खाना नरुच्नु, मानिस दुब्लाउँदै जानुलगायत लक्षण देखिएर छाती दुखेर आएको मानिसमा पनि क्यान्सर हुने गरेको पाइएको छ ।

 

 

फोक्सोका कारण फोक्सोका संक्रमण, क्यान्सरको लक्षण, छातीमा हावा तथा पानी भरिनुजस्ता कुराहरू छातीको दुखाइका कारण हुन् ।

 

छातीको भित्तामा समस्या भयो भने पनि दुख्ने गर्छ । धेरै मानिसहरू छाती दुखेर डराएर अस्पताल आउने गर्छन् । तर, खासै केही भएको हुँदैन, मसल पेन भएको हुन्छ ।

 

फोक्सोको संक्रमण हुनु निमोनियाको कारण हो । निमोनियाको रोकथामका लागि बाहिर निस्कँदा मास्कको प्रयोग गर्ने, संक्रमण भएको व्यक्तिभन्दा अलि टाढा बस्ने, आफूलाई संक्रमण छ भने भिडभाडमा नजाने, आराम गर्ने, पौष्टिक खानेकुरा खाने गर्नुपर्छ ।

 

 

निमोनियाको संक्रमण सबैजनामा हुँदैन । जसको प्रतिरोधात्मक क्षमता कम हुन्छ, त्यस्ता मानिसलाई निमोनियाले घेरै दुःख दिने गर्छ ।

 

प्रतिरोधात्मक क्षमता भनेको अरु कुनै क्रोनिक बिमारी, जस्तै, सुगर, फोक्सो, मिर्गौलालगायतका बिमारी छ भने डाक्टरको सल्लाहअनुसार नियमित रूपमा उपचार गरिराख्नुपर्छ ।

 

निमोनियाबाट जोगिनका लागि खोप उपलब्ध छ । सरकारले बच्चाहरूका लागि जुन खोपको कार्यक्रम राखेको छ, त्यसमा निमोनियाको खोप पनि उपलब्ध छ । तर, ठूला मानिसका लागि यो सेवा उपलब्ध छैन । त्यसकारण पनि निमोनिया हुने सम्भावना बढी हुन्छ ।

 

 

नेपाली महिलामा दम वा खोकीरोग बढिरहेको देखिएको छ । संसारभर हेर्दा चुरोट पिउने अधिकांश मानिस पुरुष छन् । त्यसअनुसार दम वा खोकी पुरुषमा बढी देखिनुपर्ने हो ।

 

तर, अन्य देशमा पुरुषमा दम वा खोकी पुरुषमा बढी पाइए पनि नेपालमा भने महिला बढी पाइएको छ । विशेषगरी ग्रामीण क्षेत्रका महिलामा दम वा खोकी बढी पाइन्छ । यसको प्रमुख कारण घरेलु प्रदूषण हो ।

 

 

अन्य स्वास्थ्यअवस्था ठिक–ठाक भएको मानिसलाई निमोनिया हुनु र अरु समस्या भएको मानिसमा निमोनिया हुनमा जोखिमको मात्रामा ठूलो अन्तर हुन्छ । अन्य रोगका बिरामीलाई निमोनिया भयो भने धेरै खतरा हुन सक्छ ।

 

त्यसैले त्यस्ता मानिसलाई निमोनियाको खोप लगाउने गरिएको छ । स्वास्थ मानिसलाई १८ वर्षदेखि ५५ वर्षसम्म निमोनियाको खोप चाहिँदैन । तर, कुनै अरु समस्या छ भने निमोनियाको खोप जरुरी हुन जान्छ ।

 

 

दम, खोकीजस्ता रोग साझा रोग हुन् । पछिल्लो समय यी रोगका बिरामीको संख्या निकै बढ्दै गएको छ । कुनै पनि अस्पतालमा गएर हेर्दा सबैभन्दा बढी बिरामी दम वा खोकीकै भेटिन्छन् ।

 

विश्वको अवस्थालाई हेर्दा मुत्युका कारकरोगमध्ये दम वा खोकीले तेस्रो हिस्सा ओगटेको छ र विश्व स्वास्थ्य संगठनले सन् २०२५ देखि ०३० को बीचमा यो रोग मृत्युको पहिलो कारकतत्वका रुपमा आउने आकलन गरेको छ ।

 

पहिलेदेखि नै दमको प्रमुख कारणका रूपमा चुरोटसेवनलाई लिइएको छ । तर, चुरोटसेवन कम गर्ने देशहरूमा पनि दम वा खोकीका रोगी बढिरहेका छन् । तसर्थ, यसको कारण चुरोट मात्र भने होइन । यसको प्रमुख कारण प्रदूषण नै हो ।

 

 

नेपाली महिलामा दम वा खोकीरोग बढिरहेको देखिएको छ । संसारभर हेर्दा चुरोट पिउने अधिकांश मानिस पुरुष छन् । त्यसअनुसार दम वा खोकी पुरुषमा बढी देखिनुपर्ने हो ।

 

 

तर, अन्य देशमा पुरुषमा दम वा खोकी पुरुषमा बढी पाइए पनि नेपालमा भने महिला बढी पाइएको छ । विशेषगरी ग्रामीण क्षेत्रका महिलामा दम वा खोकी बढी पाइन्छ ।

 

यसको प्रमुख कारण घरेलु प्रदूषण हो । ग्रामीण क्षेत्रमा दाउरा बालेर खाना बनाउने गरिन्थो, जसको धुवाँले महिलालाई बढी असर पुर्याउने भएकाले नेपाली महिलामा दम तथा खोकीको समस्या बढी पाइएको हो ।

 

दम तथा खोकीको संक्रमण भएपछि त्यसलाई खासै केही गर्न सक्ने उपाय हुँदैन । बिरामीको सहजताका लागि सामान्य उपचारबाहेक केही गर्न सकिँदैन ।

 

त्यसकारण यसको रोकथाममा बढी ध्यान दिनुपर्छ । रोकथामलाई ध्यान दिनका लागि चुरोट छोड्नुपर्छ । त्यसैगरी, प्रदूषणबाट जोगिनुपर्छ ।