आज मिति २०७८ साल बैशाख २३ गते बिहीबार पाथीभरा मातालाई दर्शन गरी आजको राशीफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम भने अधुरै रहला ।

 

 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

 

 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- सामाजिक कार्यमा सरिक हुने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

 

 

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- समाजबाट मान सम्मान मिल्नेछ । पारिवारिक सुख पनि मिल्नेछ । आज सेतो रङ्गको प्रयोगले विभिन्न समस्याबाट जोगाउनेछ ।

 

 

 

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- आज शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

 

 

 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ, साथै प्रणयसम्बन्ध र पारिवारीक सम्बन्ध सुधार हुने समय पनि छ ।

 

 

 

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सजिलै अरुको विश्वास जित्न सकिनेछ । विद्या र बुद्धिको भने ह्रास हुन सक्छ ।

 

 

 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो-आज शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहन आवश्यक छ ।

 

 

 

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर र साथ दिनेछ भने गरेको काममा सफलता हात पर्नेछ ।

 

 

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- आजको दिन रोकिएको पैसा हात लाग्ला । सामाजिक क्षेत्रबाट सहयोग र सफलता मिल्नेछ । पारिवारिक जमघट पनि हुनेछ ।

 

 

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानसक्छ ।

 

 

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि-आज स्वास्थ्यमा धन खर्च हुनेछ । अरुको भलाइका लागि अनावश्यक दौडधुप गर्नु पर्नेछ । घरायसी विवाद पनि बढ्नेछ ।  ज्यो.प. नारायणप्रसाद दुलाल