आज यी प्रदेशका केही स्थानहरुमा मेघगर्जन,चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं,बैशाख २५। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिणपूर्व भुभाग नजिक रहेको पूर्वपश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्प युक्त हावाको प्रभाव रहेको छ।

 

 

हाल मौसमको देशको पहाडी भूभागका केहि स्थान तथा प्रदेश नं १ को तराई भूभागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू(भाग सामानयतया सफा छ।

 

आज दिउँसो देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदलि रहने छ । साथै देशका केही स्थानहरुमा मेघगर्जन,चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

त्यस्तै आज राती देशका प्रदेश नं १, प्रदेश नं २ तथा बाँकि प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम साथै प्रदेश नं १ का एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 

देशका केही स्थानमा मेघगर्जन,चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको साथै प्रदेश नं १ का एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।