यी ३ मन्त्रीले किन लिएनन् सपथ,यस्तो छ,कारण (नामसहित)

काठमाडौं,बैशाख ३१। प्रधानमन्त्री केपी शर्मा ओली र ओली सरकारमा रहेका यसअघिका मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथग्रहण गरेको छन् ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री ओलीले सपथ लिए लगत्तै प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्रीमा साविकै ईश्वर पोखरेललाई राष्ट्रपतिबाट शपथ गराएका थिए । यस्तै रामबहादुर थापा, विष्णु पौडेल, प्रदीप ज्ञवाली, हृदयश त्रिपाठी, लेखराज भट्ट, कृष्णगोपाल श्रेष्ठ र प्रभु साह छन्।

 

त्यसैगरी भानुभक्त ढकाल, मणि थापा, पद्मा अर्याल, वसन्त नेम्वाङ, पार्वत गुरुङ, शिवमाया तुम्बाहाङ्फे, लिलानाथ श्रेष्ठ, प्रेम आले, दामा लामा तामाङ र जुलीकुमारी महतो छन्।

 

राज्यमन्त्रीहरु नवराज रावत, रामवीर मानन्धरले पनि पद तथा गोपनीयताको सपथ लिएका छन्।

 

आज सपथ ग्रहण कार्यक्रममा श्रममन्त्री गौरीशंकर चौधरी र सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना भने सहभागी हुन सकेनन् र उनीहरु दुबै जनामा कोरोना पुष्टि भएकाले सपथ ग्रहण समारोहमा सहभागी नभएका हुन् ।

 

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकको पनि स्वास्थ्यमा समस्या देखिएका करण सपथग्रहण कार्यक्रममा सहभागी हुन सकिनन् ।