गम्भीर संक्रमितको उपचार गर्न यी अस्पताल तोकियो, कुन-कुन छन् हेर्नुस् (नामसहित)

सांकेतिक तस्वीर

काठमाडौं,बैशाख ३१। गम्भीर अवस्थाका कोरोना संक्रमितको उपचार गर्न ‘ब्याकअप’ अस्पतालका रुपमा ११ वटा अस्पताल तोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

 

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीका अनुसार काठमाडौं उपत्यकाका ठूला अस्पताल तथा मेडिकल कलेजहरुलाई गम्भीर अवस्थाका कोरोना संक्रमितको तत्काल उपचार व्यवस्थापन गर्ने गरी मिलाइएको बताए ।

 

उनका अनुसार काठमाडौंका आर्मी अस्पताल, त्रिवि शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, किष्ट मेडिकल कलेज, निजामती कर्मचारी अस्पताल, वीर अस्पताल, शशस्त्र प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र नोबेल अस्पताललाई गम्भीर अवस्थाका बिरामीको स्वास्थ्य उपचारका लागि तोकिएको हो।

 

यी अस्पतालहरुमा गम्भीर अवस्थामा आउने कोरोना संक्रमित तथा अन्य अस्पतालबाट रेफर हुनुपर्ने अवस्थाका बिरामीलाई व्यवस्थापन गरिने छ। यी अस्पतालहरुमा आकस्मिक सेवा लिन पुग्ने बिरामीहरु फर्किन नपर्ने डा अधिकारीको भनाइ छ।

 

‘यी अस्पतालहरुले कोरोनाका बिरामीको स्क्रिनिङ गर्ने तथा उपचार गर्ने गरि व्यवस्था मिलाइएको छ, कुनै पनि अस्पतालमा गम्भीर अवस्थामा रहेका संक्रमितकाे उपचार गर्ने बताइएकाे छ।