एमालेका ओली र नेपालसमूहका शिर्ष नेताको बैठमा,भयो यस्तो सहमति

काठमाडौं,बैशाख ३१। नेकपा एमालेको बैठमा सहमतिको खाका तयारी गर्ने सहमति नेकपा (एमाले)का नेताहरुको सिंहदरवारमा करिब दुई घण्टा लामो छलफलमा पार्टी एकतालाई बलियो बनाउनेगरी गम्भीर विचार विमर्श भएको छ।

 

 

अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच थप एक्लाएक्लै छलफल गरेर सहमतिको खाका तयार गर्ने जिम्मेवारी बैठकले दिएको छ।। भोली शनिबार पुनः दुबै नेताहरु बसेर कार्यदल गठनको गृहकार्य गरिने छ।

 

 

आजको बैठकमा अध्यक्ष ओलीसहित वरिष्ठ नेता नेपाल, नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, विष्णु रिमाल, भीमबहादुर रावल, गोकर्ण विष्ट, घनश्याम भुषाल, रघुजी पन्त लगायतको सहभागिता थियो ।