कोरोना संक्रमणबाट मुख्यमन्त्रीका भाइको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं,जेठ १।भारतमा तीव्र गतिमा फैलिरहेको कोरोना संक्रमणबाट मुख्यमन्त्री ममता बेनर्जीका भाइको मृत्यु भएको छ । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री बेनर्जीका कान्छा भाइ असीमको कोरोनाबाट मृत्यु भएको हो ।

 

 

कोलकाताको मेडिका सुपरस्पेसिलिटी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।पारिवारिक स्रोतका अनुसार असीमाको शवलाई कोरोना प्रोटोकल अनुसार दाहसंस्कार गरिने भएको छ ।