नेपालमा थप ८१६७ जनामा कोरोना संक्रमण पुष्टि,थप १८७ जनाको मृत्यु,कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं,जेठ १ । नेपालमा थप ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १७ हजार ९७१ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४६ जना र ५७७ जनाको एन्टिजेन परीक्षण गर्दा १२१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।

 

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ४७ हजार ४ पुगेको छ ।पछिल्लो २४ घण्टामा ५ हजार ४५५ सहित हालसम्म ३ लाख ३३ हजार १०८ जना निको भएर घर फर्किएका छन् । हाल देशभर सक्रिय संक्रमित १ लाख ९ हजार ७४० जना रहेका छन् ।

 

कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ ।

 

त्यस्तै  होम आइसोलेसनमा १ लाख १ हजार ७७१ जना छन् भने ७ हजार ९६९ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये १ हजार ३३१ जनाको आईसीयू र ३७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित 

प्रदेश १ को इलाममा ४, उदयपुरमा ७, ओखलढुंगामा ६, खोटाङमा ३, झापामा १७३, ताप्लेजुङमा १२, तेह्रथुममा १९ पाँचथरमा १, भोजपुरमा १२, मोरङमा ३५४, संखुवासभामा १, सुनसरीमा ९९ र सोलुखुम्बुमा ४ जनामा कोरोना भेटिएको छ।

 

प्रदेश २ को धनुषामा ११८, पर्सा १०४, बारामा २९, महोत्तरीमा ७१, रौतहटमा १२, सप्तरीमा ५८, सर्लाहीमा १५ र सिरहामा ४३ जनामा कोरोना पाइएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार १ सय ४६ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा ७०, चितवनमा १९, दोलखामा ६, धादिङमा ३८, नुवाकोटमा ७९, भक्तपुरमा ३४७, मकवानपुरमा १९८, रसुवामा ५, रामेछापमा ५८, ललितपुरमा ४४४, सिन्धुपाल्चोकमा ३४ र सिन्धुलीमा ३० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

पछिल्लाे २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २९३, गोरखामा ५९, तनहुँमा ८०, नवलपरासी पूर्वमा ३, पर्वतमा २, म्याग्दीमा १०३, लमजुङमा ३, बागलुङमा ११ र स्याङजामा ३२ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २८, कपिलवस्तुमा ३५, गुल्मीमा १३, दाङमा २७५, नवलपरासीमा ४४, पाल्पामा ७३, प्युठानमा ५, बर्दियामा २७८, बाँकेमा ५०५, रुकुम पूर्वमा ३, रुपन्देहीमा ४९५ र रोल्पामा ३१ जनामा कोरोना पाइएको छ।

 

पछिल्लाे २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा ५, जुम्लामा ३, दैलेखमा १, रुकुम पश्चिमा १, सल्यानमा १५ र सुर्खेतमा १८५ जनामा कोरोना भेटिएको छ।

 

सुदूरपश्चिम प्रदेशको अछाममा ३, कञ्चनपुरमा १८४, कैलालीमा ४४३, डडेल्धुरामा ३८, डोटीमा ६२, दार्चुलामा २, बझाङमा १ र बैतडीमा ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।