यी प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना

काठमाडौं,जेठ २।जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिणपूर्वी भूभाग नजिक रहेको न्युन चापीय प्रणालीको प्रभाव रहेको छ।

 

हाल मौसमको अवस्था देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ।

 

आज दिउँसो प्रदेश १ लगायत देशका अन्य पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकि भूभागहरुमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

 

त्यस्तै आज राती देशभर आन्शिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

 

देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।