आज मिति २०७८ साल जेठ ४ गते मंगलबार गणेश भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ –कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रतिष्ठित व्यक्तित्वको भेटघाटले मन प्रसन्न हुनेछ ।

 

 

 

 मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्त र बन्धुबान्धवबाट सहयोग मिल्नेछ । प्रेमका कोपिलाहरू पक्रिएर जानेछन् ।

 

 

 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । राजनैतिक क्षेत्र कमजोर नै होला । चुनौतीको सामना र स्वास्थ्यमा समस्या आउला ।

 

 

 

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रशासनिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । साँझमा भने खर्च बढ्न सक्छ ।

 

 

 

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । आर्थिक कारोबारमा मन्दी आउनेछ । पेट सम्बन्धी समस्याका आउन सक्छ ।

 

 

 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- आज प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आयआर्जनका क्षेत्र भने कमजोर नै रहला ।

 

 

 

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

 

 

 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- अग्रज र विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पारिवारिक सुख र स्वादिष्ट परिकारको अवसर मिल्नेछ । अनावश्यक बाहिर ननिस्केकै जाती ।

 

 

 

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- पुनर्मिलनको योग रहेको छ । विश्वास गरेकाले साथ दिनेछन् । सामाजिक कार्य सफल हुनेछ । स्वास्थ्यको ख्याल गर्नु होला ।

 

 

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शुभकार्य र नयाँ कार्यको योजना बन्नेछ । पढाइ लेखाइमा विस्तारै प्रगति हुँदै जानेछ ।

 

 

 

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- आज कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ, तर स्वास्थ्य प्रति गम्भीर रहनु होला ।

 

 

 

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- पारिवारिक भेटघाट हुनुका साथै इस्टमित्रहरूसँग पनि मेलमिलाप हुनेछ । शैक्षिक क्षेत्रमा राम्रै हुनेछ । प्रेममा पनि सफलता पाइनेछ । ज्यो.प. नारायणप्रसाद दुलाल