नेपालमै उत्पादनका हुने भयो रेम्डिसिभिर

काठमाडौं,जेठ ५। रेम्डिसिभिर औषधि अब नेपालमै बन्ने भएको छ । कोरोनाभाइरस संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिरको उत्पादनको अनुमति पाएसँगै यो औषधि नेपालमै बन्ने भएको हो ।

 

औषधि व्यवस्था विभागले वीरगञ्जमा कारखाना रहेको नेसनल हेल्थ केयरलाई औषधि उत्पादनका लागि अनुमति दिएको छ।

 

 

विभागले अहिले औषधि उत्पादनका लागि मात्र अनुमति दिएको वरिष्ठ औषधि व्यवस्थापक तथा सूचना अधिकारी सन्तोष केसीले बताए । औषधिको बजार बिक्रीका लागि भने अनुमति नदिइएको उनले जानकारी दिए ।

 

 

औषधि उत्पादनको प्रक्रियामै रहेको जनाउँदै उनले प्रक्रिया पुरा भएपछि बजारमा बिक्री गर्न अनुमति दिएको बताए । स्वदेशमै उत्पादन हुने भएपछि रेमडिसिभिर औषधिको माग केही कम हुने विभागको अनुमान छ। जेठ महिनाको अन्तिमसम्ममा औषधि बजारमा आउने बताइएको छ।