थप एक हप्ता लम्बाइयो निषेधाज्ञा

काठमाडौं,जेठ १०। बाँकेमा जारी निषेधाज्ञालाई थप सात दिन लम्बाइएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई सात दिन निरन्तरता दिने निर्णय गरेको हो । प्रजिअ गेलालले जेठ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने बताए ।

 

 

बाँकेमा पाँचौँपटक निषेधाज्ञा बढाइएको छ । जिल्लामा वैशाख १३ गतेदेखि निषेधाज्ञा कायम छ । नेपालगञ्ज क्षेत्रमा वैशाख ९ गतेदेखि नै निषेधाज्ञा लगाइएको थियो। बाँकेमा पछिल्ला दिनमा मृत्यु र संक्रमणदरमा कमी आएको छ