यी प्रदेशका पहाडी भूभागका एकदुइ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

काठमाडौं,जेठ १०। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

 

हाल मौसमको अवस्था प्रदेश नं १ र प्रदेश नं २ का साथै देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।

 

 

 आज दिउँसो पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र तराईका भूभागमा आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भूभागका एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

 

त्यस्तै आज राती प्रदेश १, बाग्मती, तथा प्रदेश २ मा सामान्य बदली र बाकी भूभागमा आंशिक बदली रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

 

देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।