राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेस उम्मेदवार पाण्डे विजयी,कति मत ल्याए

काठमाडौं,जेठ १७। राष्ट्रियसभा उपनिर्वाचन तर्फ लुम्बिनीमा भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

 

कांग्रेस उम्मेदवार दृगनारायण पाण्डे ५४६ मतभारले विजयी भएका हुन् । उनले एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएका हुन्।

 

 

पाण्डेयले प्रदेशसभामा ४२ जननाको मत पाएका छन् । यस्तै स्थानीय तहमा ११८ जनाले मत दिएका छन् । खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाए ।

 

 

प्रदेशसभा तर्फ १ मत र स्थानीय तहतर्फ २ मत बदर भएको छ ।पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो।

 

 

३ सय जना मतदाता रहेको लुम्बिनीमा २९७ जनप्रतिनिधिले मतदान गरेका थिए। प्रदेश निर्वाचन कार्यालयका अनुसार स्थानीय तर्फको मतदानमा केन्द्रमा महिला ७२ र पुरुष १०८ जनाले मतदान गरे भने प्रदेश तर्फको मतदान केन्द्रमा महिला ३० र पुरुष ५० जनाले मतदान गरेका छन्।

 

 

कोभिड संक्रमित प्रदेशका ३ र स्थानीयतर्फका २४ जनप्रतिनिधिले मतदान गरेका थिए।

 

 

प्रदेशसभा सदस्यको मत भार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मत भार १८ छ । नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली काँग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा थिए।